काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दाङ पुगेका छन्। पार्टीको लुम्बिनी प्रदेशको क्षेत्रीय भेलालाई सम्बोधन गर्न नेता नेपाल शुक्रबार दाङ पुगेका हुन्।
उनले लमहीमा भेलालाई सम्बोधन गर्ने र कार्यकर्तालाई प्रशिक्षण दिनेछन्। त्यस्तै विभिन्न दल छोडेर नेकपा एसमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम छ।
करिब पाँच सय एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको र उनीहरुलाई स्वागत गर्ने पूर्वमन्त्री एव एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।