काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० कै खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यसैगरी अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५ पैसा रहेको छ। पाउन्ड स्टर्लिङ भने १ को खरिद दर १६७ रुपैयाँ ३१ पैसा र बिक्री दर १६८ रुपैयाँ ७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै यूरो १ को खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ३९ पैसा र बिक्री दर ९८ रुपैयाँ ८४ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २७ पैसा तथा बिक्री दर ८६ रुपैयाँ ६६ पैसा रहेको छ।
यसैगरी साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३२ पैसा र बिक्री दर ३५ रुपैयाँ ४८ पैसा, कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा, यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ६ पैसा र बिक्री दर ३६ रुपैयाँ २२ पैसा तथा मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ तथा बिक्री दर २८ रुपैयाँ १३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।