काठमाडौं- राप्रपा नेपालको सहकारी विभागले लघुबित्त र सहकारी समस्याबारे अन्तर्क्रिया गर्ने भएको छ। ‘लघुबित्त तथा सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा शुक्रबार अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो।
लाखौ मानिससँग जोडिएको अत्यन्तै जल्दोबल्दो विषय र पछिल्लो समय संकटग्रस्त क्षेत्रको रुपमा रहेको सहकारीको समस्या उठान गर्नुपर्ने आवश्यकता रहेकोले अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख तथा राप्रपा नेपालका नेता राजकुमार खड्काले जानकारी दिए।
अन्तर्क्रियामा सम्बन्धित विषयका विज्ञ, सहकारी लघुबित्त आबद्ध व्यक्तिहरु, पीडितहरु, सञ्चारकर्मी तथा यस विषयलाई नजिकबाट हेरिरहेका व्यक्तित्वहरुको सहभागिता रहने कार्यक्रम तयारी समितिका सदस्य सचिव महेशबहादुर सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।