काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटापिट घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।
घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो।
समितिको तर्फबाट छानबिन रिपोर्ट पेस भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार उक्त प्रतिवेदन अध्ययन भइरहेको छ।
समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो। छानबिन थालेको पाँचौँ दिनमा समितिले छानबिन प्रतिवेदन बुझाएको हो।
माघ १२ मा गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।