• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भिजिट भिसामा सेटिङ: एउटै ट्राभल्सबाट अध्यागमन अधिकृत नरवीर खड्काले बुझेका थिए १ करोड !

ट्राभल्समा आफैँ गएर उठाउँथे रकम, महिला र पुरुषको रेट फरक–फरक
64x64
नारायण अधिकारी बुधबार, माघ १७, २०८०  १३:०७

काठमाडौं– नक्कली कागजात बनाएर भिजिट भिसामा सेटिङमार्फत् विभिन्न मुलुकमा मान्छे पठाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ घुस बुझेको खुलेको छ। 

प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ बुझेको भन्दै ट्राभल्सका कर्मचारीले बयान दिएका छन्। पक्राउ परेका हाल थुनामा रहेका खड्काले सिनामंगलमा रहेको निमा छिरिङ ट्राभल्सबाट मात्रै भिजिट भिसा सेटिङका लागि १ करोड रुपैयाँ बुझेको भन्दै उक्त ट्राभल्सका कर्मचारीले कागज गरिदिएका छन्।

काभ्रेको पाँचखाल–३ का मनोज लामाले सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा उनकै साला नाता पर्ने पदम लामाले काम गर्थे। उक्त ट्राभल्सका कर्मचारी पदमले अध्यागमन अधिकृत नरवीरले मात्रै १ करोड रुपैयाँ बुझेको बताएका छन्। पदमले भनेका छन्, ‘हालसम्म अध्यागमन अधिकृत नरवीरको सेटिङमार्फत ३०० जनालाई विदेश पठाइएको छ। त्यसबापत नरवीरलाई सेटिङका लागि १ करोड बुझाइसकेका छौँ।’

त्यसैगरी नरवीरले पुरुष र महिलाको छुट्टाछुट्टै दररेट तोकेर रकम लिने गरेको पनि पाइएको छ। पदमले भनेका छन्, ‘भिजिट भिसामा जाने व्यक्तिहरुको एयरपोर्टमा सेटिङ गरी मेरो भिनाजु मनोजले भनेअनुसार रकम दिने गरेको हो। अध्यागमन अधिकृत नरवीर खड्कालाई पुरुषका लागि प्रतिव्यक्ति १७ हजार र महिलाका लागि प्रतिव्यक्ति ५० हजारका दरले रकम दिने गरिएको थियो।’

नरवीरलाई मंसिर २६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ लाख रुपैयाँ घुस लिँदै गर्दा होटलबाटै पक्राउ गरेको थियो। उक्त रकम पनि निमा ट्राभल्सले नै दिएको थियो। पदमले आफ्नो बयानमा भनेका छन्, ‘मंसिर २६ गते दिउँसो होटल वाल्टिनको काउन्टरमा १ जना महिला स्टाफलाई नरवीर खड्कालाई २ लाख दिनु भनि छाडेको थिएँ।’ सोही रकम २ लाख घुस बुझ्दै गर्दा खड्का पक्राउ परेका थिए।

यतिमात्रै होइन नरवीर खड्का ट्राभल्समा आफैँ गएर रकम समेत उठाउने गर्थे। मंसिर ४ गते मात्रै उनले निमा ट्राभल्समा गएर त्यसका सञ्चालक मनोजसँग ३ लाख ५० हजार रुपैयाँ बुझेको समेत अनुसन्धानबाट खुलेको छ। पदमले बयानमा समेत भनेका छन्, ‘नरवीर खड्का सर कहिले हाम्रो अफिसमा आएर र कहिले होटलमा रकम बुझ्ने गुर्नुहुन्थ्यो।’

किरियापुत्री पनि फरार
अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेपछि यसमा संलग्न अन्य कर्मचारीहरुको संलग्नता पनि खुलेको थियो। जसमध्ये एक जना थिए तत्कालीन अध्यागमन अधिकृत ताराबहादुर कुँवर।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ घर भएका कुँवर पछिल्लो समय गृहमन्त्रालयको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत थिए। प्रहरी स्रोतका अुनसार उनको संलग्नता खुल्दा उनी बाबुको किरियामा बसेका थिए। 

Ncell 2
Ncell 2

किरियाको काम सकिएपछि पक्राउ गर्ने प्रहरीले बताए पनि उनी त्यसपछि फरार भए। अहिलेसम्म पनि फरार नै छन्। उनीसहित ८ जना अध्यागमनका कर्मचारीलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। कुँवरले निमा ट्राभल्सबाट मात्रै १२० जनालाई सेटिङमा विदेश पठाएको खुलेको छ। कुँवरको सरुवा भएपछि उनैले चिनजान गराइदिएका नरवीरमार्फत काम हुने गरेको भन्दै पक्राउ परेकाहरुले बयान दिएका छन्।

कुँवरसँगै अध्यागमन अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार छन्। 

भिजिट भिसाको सेटिङ मिलाउनकै लागि समिति
भिजिट भिसाको सेटिङ मिलाउनका लागि समिति नै बनाएर काम हुने गरेको पाइएको छ। समिति बनाएर सेन्ट्रल कलेक्सन गरेर रकम बाँडफाँड गर्ने गरेको पाइएको छ। एक जनालाई अवैध तरिकाले भिजिट भिसामा बाहिर पठाए बापत ५० हजार रुपैयाँसम्म अध्यागमनका कर्मचारीहरुले लिने गरेका थिए। 

अध्यागमनका शाखा अधिकृत नरवीर खड्काकै संयोजकत्वमा विमानस्थलमा यात्रु सहजीकरण समिति थियो। उक्त कुरा खड्काले समेत स्वीकार गरेका छन्। उनले भनेका छन्, ‘भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरुमार्फत लिने गरेको भनेको ठाउँहरमा लिने गरी उनीहरुले रकम उठाउँथे। उक्त भिसाको लागि सहजीकरणको लागि एउटा समिति बनेको हुन्छ। समितिमा कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो समेत हुनुहुन्छ।’ नरवीरले नाम लिएका उनीहरु अहिले सबै जना फरार छन्।

‘यात्रु सहजीकरण समितिभन्दा पनि यो त उठ्ती–पुठ्ती समिति जस्तो देखियो। रकम उठाउने र भागबण्डा लगाउने गरेको देखिन्छ,’ भिजिट भिसाको अनुसन्धान गरेका अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीले भने। 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु सोमबार, माघ १२, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
स्कुल बसले किच्दा बालिकाको मृत्यु सोमबार, माघ १२, २०८२
महिला टी–२० ग्लोबल छनोट: स्कटल्यान्डद्वारा नेपालले पायो १४१ रनको लक्ष्य सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्