complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भिजिट भिसामा सेटिङ: एउटै ट्राभल्सबाट अध्यागमन अधिकृत नरवीर खड्काले बुझेका थिए १ करोड !

ट्राभल्समा आफैँ गएर उठाउँथे रकम, महिला र पुरुषको रेट फरक–फरक
64x64
नारायण अधिकारी बुधबार, माघ १७, २०८०  १३:०७

काठमाडौं– नक्कली कागजात बनाएर भिजिट भिसामा सेटिङमार्फत् विभिन्न मुलुकमा मान्छे पठाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ घुस बुझेको खुलेको छ। 

प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ बुझेको भन्दै ट्राभल्सका कर्मचारीले बयान दिएका छन्। पक्राउ परेका हाल थुनामा रहेका खड्काले सिनामंगलमा रहेको निमा छिरिङ ट्राभल्सबाट मात्रै भिजिट भिसा सेटिङका लागि १ करोड रुपैयाँ बुझेको भन्दै उक्त ट्राभल्सका कर्मचारीले कागज गरिदिएका छन्।

काभ्रेको पाँचखाल–३ का मनोज लामाले सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा उनकै साला नाता पर्ने पदम लामाले काम गर्थे। उक्त ट्राभल्सका कर्मचारी पदमले अध्यागमन अधिकृत नरवीरले मात्रै १ करोड रुपैयाँ बुझेको बताएका छन्। पदमले भनेका छन्, ‘हालसम्म अध्यागमन अधिकृत नरवीरको सेटिङमार्फत ३०० जनालाई विदेश पठाइएको छ। त्यसबापत नरवीरलाई सेटिङका लागि १ करोड बुझाइसकेका छौँ।’

त्यसैगरी नरवीरले पुरुष र महिलाको छुट्टाछुट्टै दररेट तोकेर रकम लिने गरेको पनि पाइएको छ। पदमले भनेका छन्, ‘भिजिट भिसामा जाने व्यक्तिहरुको एयरपोर्टमा सेटिङ गरी मेरो भिनाजु मनोजले भनेअनुसार रकम दिने गरेको हो। अध्यागमन अधिकृत नरवीर खड्कालाई पुरुषका लागि प्रतिव्यक्ति १७ हजार र महिलाका लागि प्रतिव्यक्ति ५० हजारका दरले रकम दिने गरिएको थियो।’

नरवीरलाई मंसिर २६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ लाख रुपैयाँ घुस लिँदै गर्दा होटलबाटै पक्राउ गरेको थियो। उक्त रकम पनि निमा ट्राभल्सले नै दिएको थियो। पदमले आफ्नो बयानमा भनेका छन्, ‘मंसिर २६ गते दिउँसो होटल वाल्टिनको काउन्टरमा १ जना महिला स्टाफलाई नरवीर खड्कालाई २ लाख दिनु भनि छाडेको थिएँ।’ सोही रकम २ लाख घुस बुझ्दै गर्दा खड्का पक्राउ परेका थिए।

यतिमात्रै होइन नरवीर खड्का ट्राभल्समा आफैँ गएर रकम समेत उठाउने गर्थे। मंसिर ४ गते मात्रै उनले निमा ट्राभल्समा गएर त्यसका सञ्चालक मनोजसँग ३ लाख ५० हजार रुपैयाँ बुझेको समेत अनुसन्धानबाट खुलेको छ। पदमले बयानमा समेत भनेका छन्, ‘नरवीर खड्का सर कहिले हाम्रो अफिसमा आएर र कहिले होटलमा रकम बुझ्ने गुर्नुहुन्थ्यो।’

किरियापुत्री पनि फरार
अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेपछि यसमा संलग्न अन्य कर्मचारीहरुको संलग्नता पनि खुलेको थियो। जसमध्ये एक जना थिए तत्कालीन अध्यागमन अधिकृत ताराबहादुर कुँवर।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ घर भएका कुँवर पछिल्लो समय गृहमन्त्रालयको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत थिए। प्रहरी स्रोतका अुनसार उनको संलग्नता खुल्दा उनी बाबुको किरियामा बसेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

किरियाको काम सकिएपछि पक्राउ गर्ने प्रहरीले बताए पनि उनी त्यसपछि फरार भए। अहिलेसम्म पनि फरार नै छन्। उनीसहित ८ जना अध्यागमनका कर्मचारीलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। कुँवरले निमा ट्राभल्सबाट मात्रै १२० जनालाई सेटिङमा विदेश पठाएको खुलेको छ। कुँवरको सरुवा भएपछि उनैले चिनजान गराइदिएका नरवीरमार्फत काम हुने गरेको भन्दै पक्राउ परेकाहरुले बयान दिएका छन्।

कुँवरसँगै अध्यागमन अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार छन्। 

भिजिट भिसाको सेटिङ मिलाउनकै लागि समिति
भिजिट भिसाको सेटिङ मिलाउनका लागि समिति नै बनाएर काम हुने गरेको पाइएको छ। समिति बनाएर सेन्ट्रल कलेक्सन गरेर रकम बाँडफाँड गर्ने गरेको पाइएको छ। एक जनालाई अवैध तरिकाले भिजिट भिसामा बाहिर पठाए बापत ५० हजार रुपैयाँसम्म अध्यागमनका कर्मचारीहरुले लिने गरेका थिए। 

अध्यागमनका शाखा अधिकृत नरवीर खड्काकै संयोजकत्वमा विमानस्थलमा यात्रु सहजीकरण समिति थियो। उक्त कुरा खड्काले समेत स्वीकार गरेका छन्। उनले भनेका छन्, ‘भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरुमार्फत लिने गरेको भनेको ठाउँहरमा लिने गरी उनीहरुले रकम उठाउँथे। उक्त भिसाको लागि सहजीकरणको लागि एउटा समिति बनेको हुन्छ। समितिमा कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो समेत हुनुहुन्छ।’ नरवीरले नाम लिएका उनीहरु अहिले सबै जना फरार छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यात्रु सहजीकरण समितिभन्दा पनि यो त उठ्ती–पुठ्ती समिति जस्तो देखियो। रकम उठाउने र भागबण्डा लगाउने गरेको देखिन्छ,’ भिजिट भिसाको अनुसन्धान गरेका अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीले भने। 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्