• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सन्दीप लामिछाने प्रकरण

‘स्टारडम’ को व्याख्या गर्दै सार्वजनिक भयो पूर्णपाठ, चुनौती दिँदै उच्च जाने बाटो खुल्यो 

64x64
नेपाल लाइभ मंगलबार, माघ १६, २०८०  १४:१०
1140x725

काठमाडौं- नेपाली क्रिकेट टिममा सदस्य सन्दीप लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। सोमबार जिल्ला अदालतले पूर्णपाठ सार्वजनिक गरेको हो। 

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस २५ गते उनलाई ८ वर्ष कैदको सजाय सुनाएका थिए। गौशाला २६ लाई बालिग ठहर गरेको अदालतले उनलाई दोषी ठहर गर्न सन्दीपले आफूले खेलाडीको रुपमा प्राप्त गरेको स्टारडमको दुरुपयोग गरेको र युवतीलाई आर्थिक रुपमा प्रभावित पारेको भनेको थियो। जिल्लाले यही कुरालाई विस्तृत व्याख्या गर्दे पूर्णपाठ सार्वजनिक गरेको हो।  

जिल्ला अदालतले आफ्नो पूर्णपाठमा क्रिकेटर लामिछानेले आफ्नो ख्याति (स्टारडम) को दुरुपयोग गरेर बलात्कार गरेको व्याख्या गरेको छ। 

पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै भेट गर्ने, घुमाउने अनि होटलमा एउटा मात्र कोठा बुक गरेर करणी गर्ने मनसाय बनाएको पूर्णपाठमा उल्लेख छ। 

जिल्ला अदालतले यो मुद्दाको फैसलाको पूर्णपाठमा बलात्कार भएको हो कि होइन र पीडित बालिग हुन् कि होइनन् भन्ने विवाद निरुपण गरेको छ। त्यस क्रममा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। 

त्यस्तै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला पनि गरेको थियो।

‘करणी गर्ने  नै मनसाय देखियो’
जिल्ला अदालतले यो घटनामा सन्दीपको करणी गर्ने मनसाय देखिएको ठहर गरेको छ। दिनभर नगरकोट घुमेको र बेलुका सिनामंगलस्थित होटल काठमाडौं इनमा ल्याएर राखेको र पीडित बसेकै कोठामा बस्नुले करणी गर्ने मनसाय देखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ।

‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो,’ फैसलामा भनिएको छ, ‘प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको भन्ने अनुमान गर्न सकिन्छ। पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिँदैन।’

nimb
nimb
Ncell 2
Ncell 2

पीडितले ‘सन्दीपले मलाई घरमा छाडिसक्यो’ भनी रुममेटलाई पठाएको म्यासेजलाई सन्दीपको निर्दोषिताको प्रमाण मान्न नसकिने पनि जिल्ला अदालतले उल्लेख गरेको छ।

बालिग कि नाबालिग?
जिल्ला अदालतले घटना भएको बेला पीडितको उमेर १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ। विभिन्न कागजातमा उल्लिखित जन्ममिति र पत्राचारहरुको व्याख्या गर्दै जिल्ला अदालतले गौशाला २६ को जन्ममिति १८ असार २०६१ मा भएको किटान गरेको छ।

गौशाला २६ को कक्षा ८ को प्रमाणपत्र, एसएलसीको ग्रेडसिट, चारित्रिक प्रमाणपत्र, नागरिकको अनुसूची फारममा उनको जन्ममिति १८ जेठ २०६२ उल्लेख छ।

जिल्ला अदालतले सम्बन्धित स्थानीय तहको वडाको पत्र, पीडितले दिएको निवेदन, जन्मेको भनिएको अस्पतालको पत्र समेतका आधारमा जन्ममिति १८ असार, २०६१ साल हुने भनी व्याख्या गरेको हो।

जिल्ला अदालतले शैक्षिक प्रमाणपत्रका आधारमा कायम गरिदिएको जन्ममितिका आधारमा अर्को व्यक्तिलाई दायित्व निर्धारण गर्न नहुने औंल्याएको हो।

उनको उमेर तलमाथि हुँदा अर्को व्यक्तिको दायित्व समेत फरक पर्ने भन्दै जिल्ला अदालतले त्यही आधारमा पीडितको उमेर यकिन गर्नुपरेको उल्लेख गरेको छ। 
फैसलामा भनिएको छ, ‘पीडितले शैक्षिक प्रमाणपत्र अनुकुल हुने गरी जन्मदर्ता सशोधन गरेको र त्यसैका आधारमा अरुलाई दायित्व बोकाउन नहुने।’

जिल्ला अदालतले असमान शक्ति सम्बन्धका कारण कमजोर व्यक्तिहरु सहजै विश्वासमा पर्ने भन्दै पीडित गौशाला–२६ माथि त्यही भएको ठहर गरेको छ।

असमान शक्ति सम्बन्धमा कमजोर व्यक्तिहरु अर्कोप्रति सहज रुपमा विश्वासमा परेको एक नजिर उल्लेख गर्दै जिल्ला अदालतले कुनै क्षेत्र विशेषका ख्याति प्राप्त व्यक्ति र समर्थकबीच पनि यस्तो सम्बन्ध हुन सक्ने उल्लेख गरेको छ।

‘यस्ता निर्बल व्यक्तिलाई अर्को पक्षले सहजै दुरुपयोग गर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरु यौन जोखिममा रहेका हुन्छन्,’ पूर्णपाठमा भनिएको छ, ‘यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मञ्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ।’

२०७९ भदौमा भएको उक्त घटनाको भोलिपल्ट पीडित गौशाला २६ सन्दीपको गाडीमा चढेर आफू बस्दै आएको होस्टेल फर्केकी थिइन्। त्यसको केही सातापछि उनीमाथि बलात्कार भएको भन्दै सन्दीप विरुद्ध प्रहरीमा जाहेरी परेको थियो।

सन्दीपका कानुन व्यवसायीले सहमतिमा यौनसम्पर्क भएको, घटनास्थलमा गौशाला २६ बाट प्रतिवादका कुनै प्रमाण नभएको आदि कारण देखाएर बलात्कार भन्न नमिल्ने जिकिर गरेका थिए।

जिल्ला अदालतले भने अनपेक्षित घटनामा पीडितले प्रतिकार गर्ने अवस्थै नहुने औंल्याएको छ।

उच्च जाने बाटो खुल्यो, केही दिनमा दर्ता गर्दै लामिछाने 
जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गरिरहेका लामिछाने भने केही दिनमा उच्च अदालत पाटन जाने भएका छन्। उनका कानुन व्यवसायीहरुले यसको तयारी पनि गरेका छन्। जिल्ला अदालतको फैसला लगत्तै उनका कानुन व्यवसायीले उच्चको तयारी गरेका थिए। सोमबार नै लामिछाने पक्षले पूर्णपाठ जिल्ला अदालतबाट लिएका छन्। यो लगत्तै उनीहरु उच्च जानेछन्। लामिछानेसँगै सरकारी वकिलले पनि उच्चमा पुनरावेदन गर्ने तयारी गरेको छ। लामिछानेको हकमा वालिग ठहर गर्दै कम सजाय गरेको दाबी सहित सरकारी पक्ष उच्च जान लागेको हो। जिल्ला सरकारी वकिलको कार्यालयले पूर्णपाठ सहित पुनरावेदनका लागि लेखेर पठाएपछि उच्च सरकारी वकिलको कार्यालयले लामिछाने विरुद्ध पुनरावेदन दायर गर्नेछ। 

वरिष्ठ अधिवक्ता भन्छन्, ‘उन्मुक्ति पाउन सहज छैन’ 
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सन्दीप लामिछाने उच्च अदालत मात्र नभई जुनसुकै तहका अदालत पुगे पनि हाल प्राप्त प्रमाण हेर्दा सफाइ पाउन सहज नभएको बताए। पीडित गौशाला २६ ले दिएको बयान र जिल्ला अदालतले गरेको व्याख्या हेर्दा उनले उन्मुक्ति पाउन सहज नभएको उनले दाबी गरे।

लामिछाने चर्चित व्यक्ति भएको र उनले करणी गरेको व्यक्ति सामान्य र आर्थिक रुपमा निर्भर नभएकाले पनि उनी दोषी ठहर हुनुपर्ने र जिल्लाले त्यही आधारमा व्याख्या गरेको उनले बताए।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुन्दर हुने नाममा सरकारले डोजर चलायो, नागरिकको भरोसा भत्कायो : निश्कल राई
प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक
सम्बन्धित सामग्री
सुन्दर हुने नाममा सरकारले डोजर चलायो, नागरिकको भरोसा भत्कायो : निश्कल राई सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले नागरिकको पीडाका अगाडि अरु कुरा गौण हुने उनले बताए । सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्क... सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवा... सोमबार, वैशाख २८, २०८३
ताजा समाचारसबै
सुन्दर हुने नाममा सरकारले डोजर चलायो, नागरिकको भरोसा भत्कायो : निश्कल राई सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक सोमबार, वैशाख २८, २०८३
राष्ट्रिय सभामा दलका नेताहरुले सम्बोधन गर्ने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्