काठमाडौं- नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र बेलायती सेनाका प्रमुख जनरल सर प्याट्रिक सन्डरर्सबीच भेटवार्ता भएको छ। नेपाली सेनाको मुख्यालय जंगी अड्डामा उनीहरुबीच शिष्टाचार भेटघाट भएको हो।
भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच सदियौंदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच रहेको समधुर सम्बन्धको बारेमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ।
शिष्टाचार भेटअघि बेलायती सेना प्रमुखको सम्मानमा जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले गारत अर्पण गरेको थियो। माघ १५ देखि २० गतेसम्म नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुखलाई बलाधिकृत रथी अशोकराज सिग्देलले विमानस्थलमा स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।