काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी संसद् अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पुर्याउन आवश्यक रहेको बताएकी छन्।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै सञ्चार मन्त्री शर्माले यस्तो बताएकी हुन्।
उनले सरकारले संसद् अधिवेशनमा धेरै अन्य विधेयकहरु पेस गर्ने तयारी गरिरहेको पनि बताइन्। उनले माघ २२ गते सरकारले हिउँदे अधिवेशन बोलाएकाले समितिमा विचाराधीन रहेको धेरैभन्दा धेरै विधेयक पेस गर्ने तयारी गरिरहेको जानकारी गराइन्।
उनले उन्नत स्तरको स्वतन्त्र र जनउत्तरदायी सरकारी मिडिया बनाउन रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरी विधेयक आएको पनि बताएकी छन्। सरकारको उद्देश्य सरकारी मिडियालाई जनताको अपेक्षा र सरकारको कामसँग जोड्ने गरी विधेयक ल्याउन लागेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।