काठमाडौं– काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि कर्मचारी माग गरेको छ।
सेनाले सोमबार एक विज्ञापन जारी गर्दै सेनाले वृक्षारोपण हेरालु पदका लागि ८ जना कर्मचारी माग गरेको हो। वृक्षारोपण हेरालु पदका सामान्य लेखपढ गर्न सक्ने व्यक्ति भए पुग्ने सेनाले जनाएको छ।
बोट बिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको व्यक्ति र उमेर ५० वर्ष ननाघेको हुनुपर्ने सेनाले जनाएको छ। सामान्य शारीरिक जाँच तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने पनि सेनाले जनाएको छ।
वृक्षारोपण हेरालुको कार्यक्षेत्र बाराको जितपुर सिमरा उपमहानगरपालिका १४ र १७ नम्बर वडा तथा कोहल्वि नगरपालिका–५ र निजगढ नगरपालिका–५ हुने सेनाले जनाएको छ। करार सम्झौतामा भर्ना हुने वृक्षारोपण हेरालुको मासिक तलब १९ हजार ८०० रुपैयाँ हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।