• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको अवहेलना मुद्दामा सर्वोच्चको टिप्पणी– ‘न्यायले आफ्नो गति लिन्छ, धम्कीको भाषा बोल्दैन’ 

64x64
नेपाल लाइभ आइतबार, माघ १४, २०८०  १८:२६
1140x725

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डविरुद्ध दर्ता भएको ‘अदालतको अवहेलना’ मुद्दाको पूर्णपाठ सार्वजनिक गरेको छ। सर्वोच्च आइतबार पूर्णपाठ सार्वजनिक गर्दै  अभिव्यक्तिका विषयमा विस्तृत व्याख्या गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले विस्तृत व्याख्या गरेको हो।

सर्वोच्चले प्रधानमन्त्री ‘प्रचण्ड’लाई अदालतको अवहेलना मुद्दामा भने सफाइ दिएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गरेको फैसलामा अदालतको फैसलालाई लिएर व्यक्त गरिएका आलोचना वा समालोचत्मक टिप्पणी र अभिव्यक्तिकै आधारमा अवहेलना ठहर्न नसक्ने यसअघिकै नजिर उद्धृत गर्दै सर्वोच्चले अवहेलनामा दोषी नै ठहर गर्न अप्रयाप्त देखिएको भनेको छ।

यसअघि डा गोविन्द केसीविरुद्धको मुद्दामा सर्वोच्चले लोकतान्त्रिक समाजमा ‘विचारको खुला प्रवाह’ हुन दिनुपर्ने र यसमा अदालतले पनि ‘उदार र संयमित दृष्टिकोण’ राख्नुपर्ने नजिर कायम गरेको थियो। सर्वोच्चले आफ्नो पूर्णपाठमा उक्त फैसला पटक पटक उल्लेख गरेको छ। २०७६ माघ २३ गते सात न्यायाधीशको बृहत् पूर्ण इजलासबाट भएको फैसलालाई धेरै ठाउँमा उल्लेख गर्दै सर्वोच्चले प्रधानमन्त्री प्रचण्डप्रति पनि अदालतले ‘संयमित र उदार’ दृष्टि राखेको भनेको छ।

प्रचण्डले २०७३ वैशाख अन्तिमतिर शान्ति प्रक्रियासँग जोडिएको एक मुद्दामा गरेको आदेशलाई लिएर टिप्पणी गरेपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो। तत्कालीन समयमा उनले  शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दाहरूमा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्ध नै भयानक षड्यन्त्र गरेको, द्वन्द्वकालीन मुद्दाको फैसला आफूहरूले स्वीकार नगर्ने चेतावनी दिएका थिए।

उनले द्वन्द्वकालीन मुद्दाहरूमा नियमित घटनामा जसरी फैसला सुनाउने कुरा ‘हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन’ भन्दै सार्वजनिक अभिव्यक्ति अदालत लक्षित गरेर दिएका थिए। त्यस्तै उनले ‘अदालतले दिउँसै रात पार्दै छ, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन नदिनका लागि अदालतलाई सक्रिय बनाउने कार्य गरिएको छ, माओवादीविरुद्ध अदालतलाई तयार पारिँदै छ’ भनेर  आरोप लगाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

अदालतमाथि यसरी आरोप लगाउनु अदालतको फैसलाको अवहेलना हुने दावीसहित वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट दायर गरेका थिए। न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासबाट पुस २० गते भएको फैसलामा प्रचण्डका यी अभिव्यक्ति सञ्चार माध्यममा आएकै आधारमा त्यही रूपमा ग्रहण गरी अहवेलनामा कारबाही गर्न नसकिने पूर्णपाठमा टिप्पणी गरेको छ।

‘न्यायालय स्वभावले नै प्रतिक्रियात्मक बन्दैन, कुनै पूर्वाग्रह वा प्रतिशोध राखेर न्यायालयले कार्य गर्दैन। न्यायालयले परिवर्तनको प्रक्रियालाई संयमतापूर्वक ग्रहण गरेको कारणबाट नै करिब १७ वर्षदेखि टुंगोमा नपुगेको संक्रमणकालीन न्याय प्रक्रियाको कुरामा पनि नियमित न्यायिक प्रक्रिया अपनाउने कुरामा अझै प्रतीक्षाको कार्यशैली अपनाइएको देखिन्छ,’ पूर्णपाठमा भनिएको छ, ‘अब यो ‘संयम’ र ‘प्रतीक्षा’मा पुनरवलोकनको समय भइसकेको छ।’

सर्वोच्चले आफ्नो काम आफ्नै शैली र प्रक्रियाबाट गर्ने पूर्णपाठमा भनेको छ। सर्वोच्चले न्यायको आफ्नै प्रक्रिया हुने भन्दै यसमा हस्तक्षेप नगर्न पनि घुमाउरो रुपमा प्रधानमन्त्रीलाई चेतावनी दिएको छ। ‘द्वन्द्व व्यवस्थापनका लागि व्यतीत १७/१८ वर्षको अवधि अपेक्षाकृत लामो अवधि हो,’ सर्वोच्चले प्रस्टसँग भनेको छ, ‘लामो समयसम्म द्वन्द्वकालीन विषयको टुंगो नलागेको वर्तमान परिवेशमा न्यायालयले अहिलेसम्म अपनाउँदै आएको न्यायिक आत्मसंयमको कुरामा संविधानसम्मत् तवरबाट पुनरवलोकन गर्न भने अब आवश्यक भइसकेको छ।’

यस्तै पूर्णपाठमा अघि भनिएको छ ‘संविधानसम्मत् तवरबाट हुने न्यायिक काम कारबाही र निर्णयको विषय आधुनिक लोक कल्याणकारी राज्यले प्रभावकारी रूपमा न्याय प्रशासन सञ्चालन गर्ने जिम्मेवारीसँग सम्बन्धित महत्त्वपूर्ण विषय पनि हो।’ द्वन्द्वकालीन घटनामा अदालतको फैसला स्वीकार्य नहुने भन्ने प्रचण्डको अभिव्यक्ति गलत भएको दाबीका लागि व्याख्या गरेको छ।

‘न्यायपालिकाको आदेश वा निर्णय कुनै व्यक्ति, समूह आदि कसैको स्वीकार्यता वा अस्वीकार्यताबाट निर्देशित वा नियन्त्रित रहन सक्तैन। न्यायले आफ्नो गति स्वाभाविक रूपमा लिन्छ र लिनुपर्दछ’ पूर्णपाठमा भनिएको छ, ‘अदालतले दिउँसै रात पार्दैन। अदालतले समाजमा विद्यमान अँध्यारोलाई न्यायको ज्योति देखाएर उज्यालोतर्फ डोर्‍याउने काम गर्दछ। यसैले अदालतको मर्यादा एवम् निष्पक्षताको जगेर्ना गर्नु सबैको कर्तव्य बन्दछ।’

अदालतले धम्कीको भाषा नबोल्न पनि चेतावनी दिएको छ। ‘धम्कीको भाषा, त्रासमा पार्न खोज्ने चेष्टा अदालतको आदेश नमान्ने सार्वजनिक चुनौती, जनमानसमा भ्रम पैदा हुने खालका उत्तेजनापूर्ण अभिव्यक्ति दिने वा प्रकाशन गर्ने कार्यबाट कोही कसैको पनि वैधानिक हितको संरक्षण हुन सक्तैन’ फैसलाको पूर्णपाठमा भनिएको छ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी
समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
सम्बन्धित सामग्री
समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल राष्ट्रिय सभाको २१औँ अधिवेशन शुभारम्भका अवसरमा आज सभालाई सम्बोधन गर्दै उनले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्र... सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले यस्तो बताएकी हुन् । सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएकाे छ । सोमबार, वैशाख २८, २०८३
ताजा समाचारसबै
विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी सोमबार, वैशाख २८, २०८३
समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्री शाहले अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्