काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाए।
निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाएका हुन्।
रिक्त १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।