काठमाडौं– लक्ष्मी सन्राइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच कास्कीको सेती नदीमा २० मेगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत् आयोजना निर्माण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। अपर सेती हाइड्रोले २०७८ माघ १७ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको थियो। साथै गत असार १० गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ।
यो परियोजनाको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम कम्पनीका प्रवर्द्धक/संस्थापकहरुको रहनेछ। लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब रहेको छ। जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउनेछ दाबी गरेको छ।
२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात वार्षिक करिव ११३.५१ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सन्राइज बैंकको हरित ऊर्जा प्रवर्द्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।