• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारले सञ्चालन गर्ने सामाजिक सुरक्षा कोषमा पहिलो वर्ष १० लाख श्रमिक समेटिने

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  ०३:४५
1140x725

काठमाडौं– सरकारले असोज दोस्रो साताभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कोष सञ्चालनमा ल्याउने भएको छ। हाल सरकारले कोष सञ्चालनलाई आवश्यक पर्ने मस्यौदा र ऐन निर्माणको अन्तिम तयारी गरिरहेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ।

कोषका अनुसार यस प्रणालीमा योगदानका लागि आवश्यक संरचनासमेत तयार भइसकेको छ। कोषअन्तर्गत सञ्चयकोष र उपदान रकमको २ वटा महत्वपूर्ण व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले बताए।

‘कोषमा श्रमिक र रोजगारदाता सूचिकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ। अब ढिलोमा एक महिना भित्रमै सो काम सकिन्छ।’, उनले भनेर्, चालु आर्थिक वर्षमै देशभित्र रोजगार करिब १० लाख भन्दा बढी श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने लक्ष्य सरकारले लिएको छ।’

अधिकारीले कोषअन्तर्गत नेपालमा कार्यरत विदेशी कामदारलाई पनि समेट्ने तयारी भइरहेको जानकारी दिए। ‘कोष रोजगारीका लागि नेपाल आएका विदेशी कामदारका हकमा पनि लागू हुने छ। काम गर्दै जाउँ कति सम्भव हुन्छ।’ कोषमा समावेश हुन विदेशी कामदारले नेपालबाट प्राप्त श्रम अनुमति तथा आफ्नो देशको आधिकारिक परिचय खुल्ने कागजात पेस गर्नुपर्ने हुन्छ।

सरकारले कामदारका लागि सामाजिक सुरक्षा कोष सञ्चालनमा ल्याउने तयारी गरेपनि हालसम्म नेपालको आन्तरिक श्रम बजारमा देश विदेशका कति संख्यामा श्रमिक कार्यरत भन्ने यकिन तंथ्याक छैन।

सामाजिक सुरक्षा कोषमा श्रमिकले सहभागी नहुन पनि पाउँछन्। तर, रोजगारदाता कम्पनीलाई भने अनिवार्य गरिएको अधिकारीले बताए।

२०७६ साउन १ गतेपछि रोजगारीमा संलग्न श्रमिकले ६० वर्षपश्चात् बाँचुन्जेल निवृत्तिभरण स्वरुप ‘पेन्सन’को सुविधा सरकारले उपलब्ध गराउने व्यवस्था ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन’मा छ। सरकारले उपलब्ध गराउने सुविधा योगदानमा आधारित हुने भएका कारण श्रमिक सरकारी नभई निजी क्षेत्रको रोजगारीमा आवद्ध भएकै हुनुपर्ने छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल सरकारले पहिलो पटक सामाजिक सुरक्षा कोष सञ्चालनमा ल्याउन लागेको हो।

यसरी जम्मा हुन्छ कोषमा

रोजगार सम्बन्धी व्यवस्थाअन्र्तगत सरकारीबाहेक निजी रोजगारदाता कम्पनीमा कार्यरत श्रमिकले कोषमा सहभागिता हुन पाउने व्यवस्था छ। नियमित, कार्यगत, समयगत, आकस्मिक तथा आशिंक रोजगारीमा संग्लन श्रमिकले मासिक प्राप्त गरेको तलबबाट १० प्रतिशत कोषमा बुझाउनुपर्ने हुन्छ। सो बाहेक रोजगारदाता कम्पनीले प्रति कामदारको तलबको १८ दशमलब ३३ प्रतिशत रकम पनि कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी प्रत्येक कामदारको तलबबाट प्राप्त रकमको ब्याज लगायतबाट आर्जन गर्ने मुनाफाको समेत कोषमा हिस्सा थपिने छ।

श्रमिकको उपदानवापत थप ८ दशमलब ३३ प्रतिशत रकम पनि रोजगारदाताका तर्फबाट कोषले तोकेको बैंकमार्फत श्रमिकको खातामा जम्मा गरिदिनु पर्ने व्यवस्था छ। यसका लागि रोजगारदाताले अनिवार्य कोषमा आफ्ना कामदारको नामसँगै काम, पद तथा तलबको दायरासमेत अनिवार्य खुलाउनुपर्ने हुन्छ।

Xtrem

Xtrem

कोषबाट उपलब्ध हुने सुविधाहरु 

कोषमा सूचीकृत श्रमिकको आधारभूत (बेसिक) तलबबाट प्रतिमहिना १० प्रतिशत कट्टी गरेर सो रकम कोषले तोकेको बैंक खातामा सञ्चय कोषअन्तर्गत जम्मा गर्नुपर्ने दायित्व रोजगारदाताको हुने छ। यसमा आधारभूत तलबको थप १ प्रतिशत रकम कोषमा श्रमिकले नै योगदान गर्नुपर्ने कोषले जनाएको छ।

हाल कोष तयार पारिरहेको मोडलमा श्रमिकले अवकास र निवृत्तिभरण सुविधा, औषधि उपचार तथा स्वास्थ्य सुरक्षा सुविधा, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, बेरोजगारी भत्ता र आश्रित परिवार सुरक्षा योजना सञ्चालन गर्ने उल्लेख छ।

यो विषयमा सरकार, सरोकारवाला, रोजगारदाता र ट्रेड युनियनबीच त्रिपक्षीय सहमति भइसकेको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए।

देशभरका ९ लाख प्रतिष्ठान सहित ३४ लाख श्रमिक समेटिँदै

केन्द्रीय तथ्यांक विभागले गरेको सर्वे (गणना)ले मुलुकभर सवा ९ लाख आर्थिक एकाई (प्रतिष्ठान) रहेको देखाएको छ। गत बिहीबार सार्वजनिक केन्द्रीय तथ्यांक विभागको ‘प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५’ अनुसार मुलुकभर ९ लाख २२ हजार ४ सय ४५ प्रतिष्ठानले आर्थिक गतिविधि गरिरहेका छन्।

विभागले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार मुलुकभर ३४ लाख ८ हजार ७ सय ४६ व्यक्ति सक्रियरुपमा आर्थिक गतिविधि तथा रोजगारीमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ। आर्थिक प्रतिष्ठानमा संलग्न जनशक्तिको समस्या ठूलै भएकाले उनीहरुलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले प्रयास गर्ने कार्यकारी निर्देशक अधिकारीको भनाइ छ।

आर्थिक गतिविधिमा संलग्न जनशक्तिमध्ये पुरुषको संख्या २० लाख ४४ हजार ९ सय ८५ र महिलाको संख्या १३ लाख ६३ हजार ७ सय ५७ रहेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रति एक हजार जनसंख्यामा ३१ दशमलब ६ जना आर्थिक प्रतिष्ठानमा संलग्न रहेको देखाएको छ। प्रति प्रतिष्ठानमा औसत ३ दशमलब ७ जना व्यक्ति संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ। स्थानीय सरकारसँग छलफल गरेर आर्थिक प्रतिष्ठानसँगै श्रमिकलाई पनि कोषसँग जोडिने बताइएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  ०३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्