काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम जनतामा निराशा छ भनिएका बेलामा कांग्रेसको धर्म भने निराशालाई चिर्नु रहेको बताएका छन्।
शनिबारदेखि सुरु भएको समुदायमा कांग्रेस अभियान अन्तर्गत भद्रपुरस्थित मेची पुलमा आयोजित कार्यक्रममा उनले कसैलाई निराशाको व्यापार गर्नु रहेको बताए।
'कसैलाई त्यही निराशाबाट फाइदा लिनु छ। लाभ लिनु छ। हामीलाई त्यो निराशा चिर्नु छ। हामीलाई त्यो निराशाबाट नेपाली समाजलाई बाहिर निकाल्नु छ। हाम्रो धर्म हो यो। हाम्रो कर्तव्य हो यो', उनले भने।
थापाले निराशा चिर्नलाई जनतामा जानुपर्ने बताए। भने, 'निराशा छ भने किन छ भनेर बुझ्नुपर्यो। छाम्नुपर्यो। त्यसलाई मनन गर्नुपर्यो। महसुस गर्नुपर्यो। त्यही गर्ने कुराको एउटा प्रयास समुदायमा कांग्रेस अभियान हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।