काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका छन्। शुक्रबार ७८औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका हुन्।
उनले कांग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि उठाउने भएको पनि उल्लेख गरे। उनले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको उल्लेख गरे। महामन्त्री थापाले कांग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताए। निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको उनले स्पष्ट पारे।
थापाले भने, ‘नेपाली कांग्रेस पार्टी बनेको कुनै एउटा निर्वाचन हुन्छ, निर्वाचन जित्छौँ, निर्वाचन हार्छौं, २०८४ को निर्वाचनको बारेमा चिन्ता गर्छौं भनेर बनेको होइन। निर्वाचन लड्ने, जित्ने, हार्ने कुरा कांग्रेस पार्टीको जीवनको एउटा सामान्य कुरा हो।’
उनले महामन्त्री थापाले शनिबार (भोलि) देखि देशभर समुदायमा कांग्रेस अभियान सुरु हुने जानकारी पनि दिए। उनले माघ १६ सहिद दिवसको अवसरमा पार्टीको ६ हजार ७४३ वटा वडामा कार्यक्रम हुने भन्दै सो कार्यक्रममा सम्बन्धित वडामा क्रियाशील सदस्यता भएका सबै नेताहरुलाई जान आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।