काठमाडौं– राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका चारै जना उम्मेवारले जितेका छन्।
हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको निर्वाचनबाट नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन्।
महिलातर्फ विजयी पुडासैनीले ६६२२ मत र अन्यमा बस्नेतले ६५३१ मत, अपांङ्गतर्फ अधिकारीले ६३८३ मत र दलित रिजालले ६५१२ मत प्राप्त गरेका थिए।
एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मत अन्यतर्फ विवेक देवकोटाले २३५९मत प्राप्त गरे। निर्वाचनमा ६ दलका १५ जनाले प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।