काठमाडौं– राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धन्धनका तर्फका तीनैजना उम्मेदवार विजयी भएका छन्।
सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार अन्तिम मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन्।
गठबन्धनबाट अन्यतर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विक उम्मेदवार बनेका थिए।
जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मत प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन्।
यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेशसभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरी विजयी भए । एमालेका हिक्मत विकले प्रदेशसभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरेका छन्।
अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए । एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।