काठमाडौं- राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन्।
प्रदेशबाट महिला समूहमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अपांगता/अल्पसंख्यक समूहमा कांग्रेसका पदमबहादुर परियार र अन्यमा कांग्रेसकै किरणबाबु श्रेष्ठ विजयी भएका हुन्।
सार्वजनिक मतपरिणाम अनुसार, शर्माले ३६६०, परियारले ३७७९ र श्रेष्ठले ३८०८ मत पाएका छन्। यस प्रदेशमा तीन समूहका लागि ८ जना प्रतिस्पर्धी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।