काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट गठबन्धनका दुवै उम्मेदवारहरू विजयी भएका छन्।
कांग्रेसबाट उम्मेदवार भएकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रबाट उम्मेदवार भएका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
आयोगले औपचारिक रुपमा मत परिणाम सार्वजनिक गरिसकेको छैन।
यो प्रदेशमा महिला समूहमा एमालेकी तुलसाकुमारी केसी, कांग्रेसकी सापकोटा र राप्रपाकी विजया लक्ष्मी सिंह उम्मेदवार थिए। त्यस्तै, अन्यमा एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री, माओवादी केन्द्रका सुवेदी, राप्रपाका निरन्जनकुमार थापा र जनमत पार्टीका बालगोबिन्द चौधरी उम्मेदवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।