काठमाडौं- राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा मधेस प्रदेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी विजयी भएका छन्। यद्यपि, आयोगले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गरिसकेको छैन।
ढुंगाना कांग्रेसका उम्मेदवार हुन्। उनी अन्य समूहबाट प्रतिस्पर्धी थिए। त्यस्तै, चौधरी जसपा उम्मेदवार हुन्। उनी महिला समूहबाट प्रतिस्पर्धामा थिइन्। दुवै उम्मेदवारहरू गठबन्धनका साझा उम्मेदवार हुन्।
बिहीबार सम्पन्न मतगणनामा, ढुंगानाले ७,३७० र चौधरीले ७, ९२९ मतभार पाएका छन्।
यस प्रदेशमा महिलामा एमालेकी उषादेवी थरुनी र अन्यमा नेपालकै कुमारी विजेता झा तथा जनमत पार्टीका रामशंकर महासेठ पनि प्रतिस्पर्धामा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।