काठमाडौं- बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा एक जना बाहेक सबैले मतदानमा भाग लिएका छन्। प्रदेश सभा सदस्य अभिराम शर्मा मात्रै मतदान नगरेका हुन्।
यस प्रदेशमा प्रदेश सभा सदस्यको संख्या १०७ छ। त्यस्तै, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये २६७ जना मतदानका लागि योग्य थिए। निर्वाचनमा स्थानीय तहका २६७ जनाले नै मतदान गरेका हुन्।
यस प्रदेशमा महिला र अन्य समूहका एक/एक जनाका लागि मतदान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।