काठमाडौं- राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेशका प्रदेश सभातर्फका सबै मतदाताले मत दिएका छन्। त्यस्तै, स्थानीय तहतर्फका दुई मतदाता भने अनुपस्थित भएका छन्।
यस प्रदेशमा प्रदेश सभाका ८७ सदस्य थिए। त्यस्तै, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २१८ सदस्य थिए। तीमध्ये प्रदेश सभाका दुई जना अनुपस्थित भएका हुन्।
अनुपस्थित हुनेमा नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय छन्।
लुम्बिनी प्रदेशमा महिला र अन्य समूहमा एक/एक जनाका लागि निर्वाचन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।