धनगढी– राष्ट्रिय सभा निर्वाचनको मतदानमा सुदूरपश्चिम प्रदेशका स्थानीय तहमध्ये दुई जना जनप्रतिनिधिले मतदानमा भाग लिएनन्।
आज बिहान ९ बजेदेखि सुरु भएको मतदानमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवाले मतदान नगरेका हुन्।
मतदानको समय ३ बजेसम्म रहँदासमेत उपमहानगर प्रमुख हमाल र उपप्रमुख तिरुवा सहभागी नभएको जनाइएको छ।
दुई सय २७ जना मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा प्रदेशका ५२ जना र स्थानीय तहका एक सय ७३ जनाले मतदान गरेका छन्।
गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा कांग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन्।
एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।