काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा भएको मतदानमा ५ जना अनुपस्थित भएका छन्। अनुपस्थित हुने प्रदेश सभा सदस्य २ जना र स्थानीय तह ३ जना पदाधिकारी छन्।
यस प्रदेशमा प्रदेश सभा सदस्य ११० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष २३७ जना मतदाता थिए। त्यसमध्ये, प्रदेश सभाका १०८ सदस्य र स्थानीय तहका ३३४ जना मतदानमा सहभागी भएका हुन्।
अनुपस्थित हुनेहरूमा किस्पाङ गाउँपालिकाको अध्यक्ष वीरबल तामाङ, चौरीदेउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा र काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह छन्।
त्यस्तै, प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्य र प्रदेश सभा सदस्य सरिता खड्की पनि अनुपस्थित भएका छन्। उनीहरू दुवै जना हाम्रो नेपाली पार्टीका सदस्य हुन्।
यस प्रदेशमा विभिन्न ४ समूहका लागि निर्वाचन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।