काठमाडौं- राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा प्रदेश सभाका सबै सदस्यले मतदान गरेका छन्। त्यहाँको प्रदेश सभामा रहेका ६० जनाले नै मतदान गरेका हुन्।
स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १७० जना मतदाता भए पनि एक जना भने अनुपस्थित रहे। ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अनुपस्थित भएका हुन्।
यस प्रदेशमा महिला, अपांगता/अल्पसंख्यक र अन्य समूहका एकएक स्थानका लागि निर्वाचन भएको हो। जसमा कूल ८ जना प्रतिस्पर्धी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।