काठमाडौं- राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा कोशी प्रदेशमा तीन जना बाहेक सबैले मतदानमा भाग लिएका छन्। स्थानीय तहका तीन जना मतदाताले निर्वाचनमा भाग नलिएका हुन्।
कोशी प्रदेशमा प्रदेश सभातर्फ ९३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष ३६६ मतदाता थिए। त्यसमध्ये प्रदेश सभाका ९३ जना नै सदस्यले मतदान गरेका छन्। स्थानीय तहका भने ३६३ जनाले मात्रै मतदानमा सहभागी भएका थिए।
मतदानमा अनुपस्थित हुनेहरूमा ग्रामथाङ गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ छन्।
यस प्रदेशमा महिला र अन्य समूहका एकएक स्थानका लागि निर्वाचन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।