काठमाडौं– सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनसम्बन्धि विवाद समाधानका लागि छानविन समिति गठन गरेको छ।
बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनआरएनए आइसीसीको निर्वाचन सम्बन्धि उजुरीमाथि छानबिन गर्न सहन्यायाधिवक्ता ध्रुबकुमार चौहानको संयोजकत्वमा समिति गठन गरिएको हो।
यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरीक्षक र परराष्ट्र मन्त्रालयका लेखा शाखाका उपसचिव एक जना सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिएकी हुन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गरिसक्ने कार्यादेश दिइएको छ।
त्यसैगरी सरकारले धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति पनि गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।