काठमाडौं– जनता समाजवादी पार्टी नेतृत्वको मधेश प्रदेश सरकारबाट राष्ट्रिय जनमत पार्टीले समर्थन फिर्ता लिएको छ।
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले मधेशी जनतामाथि सरकारले गरेको दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेशमा लादेको जंगल राज तथा गुण्डाराजको विरोधमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन्।
साथै जनमत पार्टीबाट प्रदेश सरकारमा रहेका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले राजीनामासमेत दिएका छन्। मंगलबार नै समर्थन फिर्ता लिने सूचना प्रदेश प्रमुख समक्ष पेस गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।