काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताएका छन्।
मंगलबार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताए।
भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने उनको भनाइ छ। उनले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिब राखेर झुपडी बनाउने प्रवृत्तिका कारुण मुलुक गरिब भएको बताए।
उनले भने, ‘हाम्रो देशमा राजनीति गर्ने नेताहरु जो हुनुहुन्छ। म आदर गर्दछु। उहाँहरुले समयमा आफ्नो बेलामा काम गर्नुभयो। तर अहिले मुलुक चलाउन सक्नुभएन। त्यसकारण भाषण गर्नेहरुले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ। हाम्रो नेताहरुको विकासमा बुद्धि पुगेन। हाम्रा विज्ञहरु, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरु र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिब राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिब भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।