काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज रातीदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँले मूल्य घटाएको हो।
अब पेट्रोलको मूल्य १६६ रुपैयाँ, डिजेल र मट्टितेलको १५६ रुपैयाँ भएको छ। भारतबाट घटेर आएकोले नेपालमा पनि मूल्य घटाईएको निगमले जनाएको छ।
निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।