काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यसैगरी अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६३ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६० रुपैयाँ रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९१ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।