काठमाडौं- पुस १८ गतेदेखि घट्न थालेको सुनको मूल्य शुक्रबार भने बढेको छ। सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० तोकिएको थियो।
चाँदीको मूल्य भने घटेको छ। बिहीबार तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।