काठमाडौं– डेडिकेटेड र ट्रंक लाइन विवादमा बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले काटेको विद्युत् लाइन खोल्न सरकारले निर्देशन दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगीहरुको काटिएको विद्युत् लाइन खोल्न निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उक्त विवादमा समस्या समाधानका लागि छानबिन गर्न आजै सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा न्यायिक आयोग गठनसमेत गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।