काठमाडौं– सहकारीको १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा सञ्चालकसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारीका सञ्चालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा उक्त सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
उनीहरुले साढे ७ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। यो ठगी प्रकरणमा अझै केही व्यक्तिहरु पक्राउ पर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।