काठमाडौं– प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले प्रदेशमा रिक्त रहेका पदका लागि विज्ञापन खोलेको छ। कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदका लागि आयोगले विज्ञापन खोलेको हो।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन खोल्दै आयोगले प्रशासन तथा लेखा समूहका २४ पदमा आवेदन आह्वान गरेको छ।
खुला प्रतिस्पर्धाअन्तर्गत प्रशासन सहायकमा ४ जना, लेखा सहायकमा १ जना, लेखापाल १ जना र आन्तरिक लेखा परीक्षक १ जनाको लागि दरखास्त आह्वान गरिएको छ। यस्तै समावेशीतर्फ महिलामा प्रशासन सहायक ५ जना, लेखा सहायक १ जना र आन्तरिक लेखा परीक्षक ६ जनाका लागि दरखास्त माग भएको छ। समावेशीतर्फ नै आदिवासी जनजातिमा प्रशासन सहायक पदमा ५ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १५ गतेसम्म दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ। दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।