काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा फेरि २ वटा च्याङ्ग्रा मरेका छन्। कुकुरले टोकेर घाइते भएका १३ च्याङ्ग्रामध्ये सोमबार थप २ च्याङ्ग्रा मरेका नेपाल खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन्।
‘अहिले थप २ चयाङ्ग्रा मर्दा कुकुरको टोकाइबाट मर्ने च्याङ्ग्राको संख्या २४ वटा पुग्यो। दशैंमा बिक्री गर्न ल्याएका बिक्री भएन। के गर्नु हामीले मरोस् भनेर जानाजान मारेको त होइन,’ उनले भनिन्।
कम्पनीले दशैंमा बिक्री गर्नका लागि ५४२ वटा च्याङग्रा खरिद गरेको थियो। तीमध्ये ४९५ वटा च्याङग्रा बिक्री भए भने ४७ च्याङग्रा बिक्री नभएर बाँकी रहेका थिए।
तीमध्ये २० वटा च्याङग्रा गत पुस १८ गते मध्य राति खोरमा थुनिएको स्थानमा कुकुरले टोकेर मारेको थियो। सोही दिनमा थप घाइते २ च्याङ्ग्रा मरेको उनले बताइन्।
गत पुस १८ गते मध्य राति थापाथलीको ट्रेड टावरको छेउबाट ५ वटा कुकुर खाद्य व्यवस्था कम्पनीको गोदाम (च्याङ्ग्रा बाँधेको खोरमा) छिरेको थियो। ती कुकुरहरुले पालैपालो च्याङग्राको घाटीमा टोकेर मारेको बताएको छ।
यस्तै, अहिले कुकुरको टोकाइबाट घाइते भएका ११ वटा च्याङ्ग्रा बाँकी छन्। १३ वटा च्याङग्रा भने स्वस्थ्य रुपमा रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।