Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘वन सहारा, वन्यजन्तु मानिसका साथी’

64x64
नेपाल लाइभ शनिबार, पुस २१, २०८०  ०९:३४
1140x725

भूमिराज पिठातोली/रासस

चैनपुर (बझाङ)– शनिबार बिदाको दिनको मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो। बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहित स्थानीयहरू दाउरा ल्याउन जङ्गल गए।

बाटोमा बाघबाट सतर्क रहन धनबहादुर सबैलाई सल्लाह दिँदै थिए। वन पुगेपछि सबै जना वरपर आ–आफ्नो दाउरा भारी बनाउन लागे। अरूलाई सतर्क रहन सल्लाह दिने धनबहादुरलाई खोल्सामा लुकेको बाघले झम्टियो। गाउँलेहरू चिच्याउँदै रित्तै घर फर्किए। यो घटना करिब दुई वर्षअघि राप्तीसोनारी गाउँपालिका–६ डाँडाटेपरी बाँकेको हो। वन–वन्यजन्तुबारे अनुभवी धनबहादुरसँग जङ्गल जाँदा डर नहुने भन्दै सँगै गएका महिलाले फर्किएर प्रहरीलाई खबर गरे।

सुरक्षाकर्मीसहित स्थानीयले जङ्गलमा खोजतलास गर्दा दुई घण्टापछि धनबहादुरको आधा शव फेला पर्‍यो। ‘धेरै पटक वन एक्लै पनि जानुहुन्थ्यो’, राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्षसमेत रहेकी छिमेकी गङ्गाकुमारी चन्दले भनिन्, ‘वन जाँदा हामी सबैले उहाँकै भरोसा गथ्र्यौं। गत वर्ष दुःखद् घटना भयो।’

शनिबार समितिले दाउराका लागि खुला गरे पनि साताअघि नै बाघको पाइला देखेकाले कसैलाई जङ्गल नजानु भनेको वनरक्षक अजोध्याप्रसाद थारू सम्झिन्छन्। ‘त्यो दिन बिहानै वनमा बाघको पाइला देखेको थिएँ। कसैलाई वन नजानु भनेर म अर्कोतिर गएँ। उता गाउँलेहरू सबै जङ्गल पसेछन्। पछि त्यस्तो घटना सुनियो’, थारूले भने। 

घरमुली नै बाघको सिकार भएपछि धनबहादुरको परिवार टुहुरो बन्यो। ‘परिवारमा अहिले पनि धेरै छौं। तर ससुराबुबा नहुँदा टुहुराजस्तै भएका छौं’, बुहारी शोभा चलाउनेले भनिन्, ‘घरमुली भनेको घरको पिल्लरजस्तै रहेछ। पिल्लर भाँचिएको घरको अवस्थाजस्तै भएको छ।’ 

शोभाका अनुसार धनबहादुरको जेठो छोरा तिलकरामको सशस्त्र माओवादी द्वन्द्वमा ज्यान गएपछि लामो समय परिवार विक्षिप्त बनेको थियो। ‘बुबा (ससुरा) ले दाइ (जेठाजू) को हत्या भएपछि परिवारमा कहिल्यै सुख मिलेन। तिमीहरूको बिहेपछि अलि खुसी मिलेको छ भन्नुहुन्थ्यो। त्यो खुसी उहाँले धेरै साट्न पाउनुभएन’, उनी टोलाउँछिन्।

राप्तीसोनारीमा धनबहादुरको मात्रै होइन। त्यो समयको आसपास एउटै बाघले पाँच जनाको सिकार गर्‍यो। घाँस, दाउरा काट्न वन गएकी राप्तीसोनारी–४ की लीला विष्ट, वडा नम्बर ६ कै चाँदनी थारु, वडा नम्बर ७ झगडियाका वकिल गद्दीसहित एक भारतीय नागरिकको ज्यान लिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

शनिबारकै दिन वन खुलाउने हुँदा चौकीदारले सतर्क रहन सबै समुदायमा माइकिङ गर्दा पनि घटना दोहोरिएको स्थानीय कृष्णबहादुर चौधरी बताउँछन्। चौधरीका अनुसार २९ वर्षीया चाँदनी थारुको पनि शनिबारकै दिन सदाबहार सामुदायिक वनभित्र दाउरा काट्दा बाघले आक्रमण गरेको थियो। जलहन सामुदायिक वनको ‘तीनपाने’ भन्ने ठाउँमा लीला विष्टले बाघको सिकार हुनुपरेको उनले सुनाए। 

करिब पाँच किलोमिटर टाढा पर्ने सामुदायिक वनबाट बाघ आएर डाँडाटेपरीमा पशु चौपायाको समेत सिकार गर्ने गरेको चौधरीले बताए। नरभक्षी बाघ नियन्त्रणमा लिन वन कार्यालयलाई भने दुई साता नै लागेको थियो। राप्ती सव–डिभिजन वन कार्यालय मेहनामपुरका वनरक्षक खडकपाली धितालले भने, ‘बाघ नियन्त्रणका लागि चितवनबाट टिम आएको थियो। जिल्ला वनको टिम, सुरक्षाकर्मीसहित स्थानीयहरू मिलेर खोज्दा कतै भेटिएन।’

घटना भएको ठाउँमा बाघको आहारा राख्दा पनि नभेटिएपछि भैँसीको पाडो जङ्गलमा बाँधेको उनी सम्झिन्छन्। दुई सातापछि हात्तीमा चढेर जङ्गल जाँदा भेटिएको र बेहोस बनाउने सुईसहितको गोली हानेपछि नियन्त्रणमा लिएको धितालले बताए। 

अहिले उक्त नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्जको इनक्लोजर (कठघरा) मा राखिएको छ। ‘मेरो जागिरे उमेरको २५ वर्षसम्म पनि नजिकबाट बाघ देखेको थिइन्। त्यो बेलामा भने राम्ररी देख्न पाइयो’, उनी भन्छन्। बाघले मान्छेको सिकार खोज्नुको कारण भने बाघहरू बीचकै द्वन्द्व भएको रेन्जर जयानन्द आचार्यले बताए। उनले भने, ‘भाले बाघहरूबीच द्वन्द्व हुँदा जित्ने बाघले पोथीसँग गएर आफ्नो इलाका बनाउने र हार्नेले नयाँ इलाकाको खोजी गर्दा बस्ती नजिकसमेत पुग्ने गर्छन्। त्यहाँ पुगेपछि बाघले आहाराका लागि मान्छेलाई समेत आक्रमण गर्ने गर्छ।’

Xtrem

Xtrem

रेञ्जर आचार्यका अनुसार मारेको सिकार एकपटक खाएर घुम्ने र फेरि खानका लागि त्यहीँ ठाउँमा आउने बाघको विशेषता हो। दोस्रो पटक आउँदा बाघले आफ्नो सिकार नपाएपछि नयाँ सिकारको खोजी गर्ने उनले बताए। ‘अन्य प्राणीको र मान्छेको मासु धेरै फरक हुन्छ,’ आचार्यले भने, ‘बाघले मान्छेको मासु खान सुरू गरेपछि उसको बानी परिसकेको हुन्छ। त्यसपछि उसले मान्छेकै सिकार खोज्छ।’

यो नरभक्षी बाघलाई नियन्त्रणमा लिएपछि भने राप्तीसोनारी शान्त छ। राप्तीपीडित वन उपभोक्ता समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले भने, ‘राप्तीसोनारीमा लगातार घटना भएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। अहिले मान्छेहरू पनि सचेत भएका छन्। वन जाँदा समूहमा जान्छन्। त्यसपछि घटना भएको छैन।’

बाघको आक्रमणको घटनापछि सरकारले पीडित परिवारलाई १० लाखका दरले राहत दियो। वन उपभोक्ता समिति र वडा कार्यालयले पनि रु एक लाख सहयोग गरेको शोभा चलाउने बताउँछिन्। ‘सरकारले दिएको राहत रकमले अहिले बालबालिका पढाउने, घर खर्च चलाउने गरेका छौं’, उनले भनिन्।

जङ्गल जाने काम भने बुबाको मृत्युपछि अन्तिमजस्तै भएको उनले सुनाइन्। उनले भनिन्, ‘बुबाको घटनापछि जङ्गल गएका छैनौं। फेरि दोहोरिन सक्छ भन्ने डर लाग्छ। छिमेकीहरू जान्छन्, हाम्रो घरबाट पनि आजसम्म जङ्गल गएका छैनौं’, जैविक विविधता संरक्षणमा भने आफ्नो तर्फबाट भरपुर सहयोग गरिरहेको उनले बताइन्। 

‘घटना हुँदैमा वनको माया मार्नु पनि भएन। वनजङ्गल र वन्यजन्तु त हाम्रा गहना हुन् नी। जङ्गलै सकियो, वन्यजन्तु नै सकियो भने त हाम्रो अस्तित्व पनि सकिन्छ’, उनले भनिन्। 

पछिल्लो दुई वर्षयता भने स्थानीय जङ्गल जाँदा समूहमा जाने र समूहमै फर्किने गरेको वनरक्षक शङ्करप्रसाद जैसीले बताए। ‘पहिले स्थानीयहरू जति बेला पनि घाँस दाउराका लागि वन जान्थे’, उनले भने, ‘त्यसै क्रममा लगातार मान्छेहरु नरभक्षी बाघको सिकार भए। अहिले वन खुलेको बेलामा पनि समूहमै जान्छन्, ठूलो स्वरले कराउँछन् र भारी बनाएर सुरक्षित घर फर्किन्छन्।’

वनरक्षक जैसीका अनुसार स्थानीयहरू आफू सुरक्षित रहने र वन जङ्गलको पनि सुरक्षा गर्ने सोचका साथ अघि बढेका छन्। जैसीले भने, ‘अहिले स्थानीयले वन्यजन्तु र मानवको सहअस्तित्वको बारेमा पनि बुझिसक्नुभएको छ। त्यसैले जङ्गल आफ्नो गहना भन्दै संरक्षणमा जुट्नुभएको छ’, उनका अनुसार पहिले पहिले जङ्गली जनावर देख्दा तिनलाई मारिहाल्नुपर्छ भन्ने ठान्थे मानिस तर अहिले त्यस्तो छैन। जसरी वन हाम्रो सहारा हो मास्ने होइन, जोगाउनुपर्छ भन्नेबारेमा मानिसमा चेतना आएको छ, त्यसैगरी वन्यजन्तु पनि मानिसका सत्रु होइनन् साथी हुन् भन्ने चेतनामा मानिसमा देखिएको छ।   
डाँडाटेपरीवासी बाघको आक्रमणबाट मात्रै होइन, अन्य जङ्गली जनावरबाट पनि पीडित छन्। कृषकको बालीनाली क्षतिको राहत नपाएको उहाँहरूको गुनासो छ। स्थानीय छवि बुढाथोकीले भने, ‘लगाएको खेतीबाट सुक्को पनि नपाउने अवस्था भइसक्यो। नीलगाईले रातभर खेती नोक्सान गरेर बारीमा जानै मन लाग्दैन।’

बुढाथोकीका अनुसार खेताला लगाएर हुर्काएको खेती हेर्न जाँदा रुन मन लाग्छ। ‘दिनभर जोगाएको बाली राति पूरै नष्ट गरिदिएको हुन्छ,’ बँदेलले पनि उत्तिकै दुःख दिने गरेको उनले बताए। सरकारले वनको छेउमा घेरबाट गरिदिए आफ्नो बाली बच्ने उनी बताउँछन्। ‘सरकारले बाली नोक्सान गरेका पीडितलाई राहत दिने भनेको छ। तर, कहिले हो थाहा छैन’, बुढाथोकी भन्छन्, ‘राहत पनि लालपुर्जा भएकालाई दिने र ऐलानी जमिनमा खेती गरेकालाई नदिने भनेको छ। यहाँ धेरैले ऐलानीमै खेती गरेर जीविकोपार्जन गर्दै आएका छन्। सरकारले बुझिदिए हुन्थ्यो।’

यता राप्तीसोनारी गाउँपालिका–६ का अध्यक्ष नवराज खरेल जङ्गली जनावरबाट पीडित किसानलाई ढिला भए पनि राहत उपलब्ध गराउने बताउँछन्। उनी भन्छन्, ‘पीडित कृषकलाई वन कार्यालयसँगको सहकार्यमा राहत उपलब्ध गराउँनेछौं’, ऐलानी जमिनमा भने मापदण्ड नै नभएको हुँदा राहत दिन नसकिने उनले बताए। 

कृषकको राहतका लागि अन्य पालिकाले पशु तथा कृषि बीमा गरेजस्तै राप्तीसोनारीले पनि बिमाको योजना ल्याउने तयारी गरेको उनले बताए। वडाध्यक्ष खरेलका अनुसार वडाले बाघ पीडित परिवारका एक जना विद्यार्थीलाई थप राहत दिने भएको छ। राहतस्वरूप वार्षिक रु पाँच हजारका दरले शैक्षिक सामग्री किन्न छात्रवृत्ति दिने निर्णय गरेको उनले सुनाए। 

राप्तीसोनारी गाउँपालिकासँगै जोडिएको छ, पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्ज। राष्ट्रिय निकुञ्जको नजरमा वन मास्दाको परिणाम वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको हो। मांसाहारी जनावरलाई पर्याप्त सिकार नहुनु, डढेलो लगाउनु, जताततै डोजर लगाउँदा पानीका मुहान सुक्नु, अन्य जनावरलाई पनि पर्याप्त घाँस नहुनुजस्ता कारणले वन्यजन्तु बस्ती नजिक जाने गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार साहले बताए। 

उनले भने, ‘बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफलअनुसार अहिले रहेका सबै जनावरका लागि जङ्गल पर्याप्त छ। तर, आहाराका लागि नपुगेर जनावर बस्ती पुग्दा घरपालुवा चौपाया खाने, मान्छेमाथि आक्रमण गर्ने, खेतीबाली नष्ट गर्ने गरेका छन्।’ यसमा सबै निकायले वन वन्यजन्तु जोगाउनेप्रति लागेमा यस्ता घटना न्यूनीकरण हुने उनले बताए। 

साहका अनुसार बाँके राष्ट्रिय निकुञ्ज र भारतको सुहेलवा सेन्चुरीलाई जोडेका कारण कम्दी जैविकमार्ग मानिएको छ। ‘बस्ती नजिकै जैविकमार्ग र सामुदायिक वन भएको हुँदा बाघ र मान्छेको जम्काभेट हुने सम्भावना हुन्छ। त्यो बेलामा आफू सुरक्षित हुन बाघले आक्रमण गर्ने गरेको देखिन्छ’, उनले भने। 

सामान्यतया बाघले मान्छेमाथि त्यतिकै आक्रमण गर्दैन। घाइते, अशक्त तथा आहारा खोज्न नसक्ने अवस्थाको बाघले मान्छेमाथि आक्रमण गर्न सक्छ। त्यस्तै आफ्नो बच्चासँग रहेका बेला तथा मानिससँग अचानक जम्काभेट भयो भनेमात्र उसले आफूलाई असुरक्षित महसुस गरेर बाघले आक्रमण गर्न सक्ने उनले बताए। 

तर मानिस पनि अहिले सचेत भएका छन् र यसबाट बच्ने धेरै तरिका पनि थाहा पाएका छन्। वनलाई सहाराजस्तै वन्यजन्तुलाई पनि आफ्ना साथी ठान्ने गरेका छन्।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत गरी तयार पारिए... बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार  एक जना नेपाली नागरिकसँग मिलेर उनीहरुले बूढानीलकण्ठमा तस्करीको सुन भण्डारण गरेर राखेका पाइएको... बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले  साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्