काठमाडौँ– प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधनका क्रममा जनयुद्धकालीन घटनाहरू स्मरण गर्दै भावुक अभिव्यक्ति दिएका छन्।
पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले संसद् भवनको आधार नै जनयुद्धका क्रममा भएको त्याग र बलिदानसँग जोडिएको उल्लेख गरे। उनका अनुसार राज्य संरचनाको वर्तमान स्वरूप ऐतिहासिक संघर्ष र शहादतको परिणाम हो।
प्रचण्डले समाजमा ‘पुराना’ र ‘नयाँ’ राजनीतिक शक्तिबीच विभाजन सिर्जना गर्ने भाष्यप्रति असन्तुष्टि जनाउँदै त्यसले परिवार, समाज र राजनीतिक वातावरणमा विभाजन मात्र बढाउने टिप्पणी गरे।
उनले सरकारद्वारा सुकुम्वासी बस्तीमा गरिएको डोजर चलाउने कार्यप्रति आपत्ति जनाउँदै त्यसबारे पुनर्विचार आवश्यक रहेको धारणा राखे।
त्यसैगरी नीति तथा कार्यक्रममा मधेस र कर्णाली जस्ता क्षेत्रका मुद्दा पर्याप्त रूपमा समेटिन नसकेको भन्दै उनले सरकारलाई समावेशी दृष्टिकोण अपनाउन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।