काठमाडौँ– नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले देश खरानी हुँदा सरकारको नीति तथा कार्यक्रम मौन रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभामा मंगलबार विशेष समयमा धारणा राख्दै नेता बादलले त्यस्तो बताउँदै दुई तिहाइ सरकारले सुकुमवासीको बस्तीमा परेड खेल्नु गलत भएको बताए। ऋण लिएर विकास हुन्न भन्नेहरूले नै हरेक मन्त्रीपरिषद् बैठकमा अरबौँ ऋण स्वीकृत गरिरहेको भन्दै उहाँले व्यंग्य गरे।
दुई तिहाइको सरकारको गतिविधिले देशलाई दुर्घटनातर्फ लग्ने संकेत देखाइरहेको बताउँदै नेता बादलले देशलाई असाधारण दुर्घटनाबाट जोगाउनेतर्फ ध्यान दिन आग्रह गरे । सरकारको नीति तथा कार्यक्रमलाई पुनर्लेखन गरी देश र जनताको पक्षमा ल्याउन उनले सुझाव दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।