काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन्। व्यापार कम्पनीले दशैं तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन्।
दशैं तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराति २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ। कम्पनीले दशैं तिहारको लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५ सय ४२ वटा च्याङग्रा ल्याएको थियो।
बुधबार साँझसम्म स्वस्थ्य अवस्थामा रहेका च्याङग्रा बिहीबार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताए। उनले दशैं–तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्याङ्ग्रामध्ये २० वटा बिहीबार मरेको जानकारी दिए।
उनले बुधबार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा आज बिहान मरेको अवस्थामा पाएको बताए। उनले मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको बताए। उनले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सिसिटीभी फुटेजमा देखिएको जानकारी दिए।
केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेको देखिएको बताए। उनले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताए। २३ वटा च्याङ्ग्रा मरेको उनले बताए। यस्तै १४ वटा च्याङ्ग्रा बिरामी रहेका छन्। उनले च्याङ्ग्रालाई स्वस्थ कुकुरले टोकेको परीक्षणमा देखिएको पनि बताए।
कम्पनी ल्याएका ५ सय ४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो। गत वर्ष १६२ च्याङ्ग्रा खरिद बिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरे पनि अपेक्षाअनुसार बिक्री नहुँदा च्याङ्ग्रा कम्पनीले पालन गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।