• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

बसाइँ सरेर आउने चरा घटे 

64x64
रासस बुधबार, पुस १८, २०८०  १६:०१
1140x725

कञ्चनपुर– हिउँदका बेला कञ्चनपुरका ताल तथा  नदीलगायत सीमसार क्षेत्रमा बसाइँ सरेर आउने अप्रवासी चराको चहलपहल घटेको सम्बद्ध विज्ञको भनाइ छ।

जलवायु परिवतर्नको असर, आहाराको कमीलगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा कमी देखिएको हो। सीमसार क्षेत्र मानव अतिक्रमणको चपेटामा परी खुम्चिँदै गएको र ताल पुरिँदै जाँदा जलपक्षीका लागि असर परेको छ।

‘बसाइँ सरेर आउने चराको बासस्थान खुम्चिँदै जान थालेको छ’, नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले भने, ‘जलाधार क्षेत्र अतिक्रमणको चपेटामा परेका छन्, निकुजभित्रका तालतलैया नरकटे र जलकुम्भीलगायत वनस्पतिका कारण पुरिँदै गएका छन्, बासस्थानको कमीले जलपक्षीको सङ्ख्यामा कमी देखिएको छ।’

Ncell 2
Ncell 2

उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानीताल, सिकारी ताल, कालीकिचताल नरकटेले भरिन थालेको छ। निकुञ्ज बाहिरको बेलौरी नगरपालिका–६ भुराकोटमा पर्ने पुरैनी ताल बसाइँ सारेर आउने चराको मुख्य क्षेत्रका रूपमा रहेको छ। ‘त्यस तालमा ५५ प्रजातिका जलपक्षीको विगतमा रेकर्ड गरिएको थियो’, उनले भने, ‘अहिले त्यस तालमा २८ प्रजातिका चरामात्रै देखिएका छन्।’ 

अठ्ठाइस बिघा क्षेत्रफलमा फैलिएको तालमा हरिटाउके हाँस, जुल्फे हाँसलगायत पक्षी यस वर्ष देखिएका छैनन्। हाँस प्रजातिका चरा, सारस र भुडिफोर गरुड पनि यस तालमा हिउँदका बेला देखिने गरेका थिए। साइबेरिया, कीर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायत क्षेत्रमा माइनस डिग्री तापक्रम पुग्ने भएकाले चरा जाडो छल्नका लागि हिमाल छिचोल्दै कञ्चनपुरका नदी ताल क्षेत्रमा आउने गर्दछन्।

चिसो छल्न र आहारको कमी भएपछि आहारा खोज्नका लागि चरा आउने प्रक्रिया वर्षौंदेखि यहाँ निरन्तररूपमा चल्दै आएको छ। बसाइँ सरेर आउने चरामा अधिकांश जलपक्षी र सिकारी प्रजातिका पक्षी रहने गरेका छन्। शुक्लाफाँटा राष्ट्रिय निञ्कुजभित्रका सिकारीताल, कालीकिच, बाबाताल, सलगौडीताल, रानीताललगायत अप्रवासी चराका लागि गन्तव्यका रूपमा रहेका छन्।

निकुञ्ज बाहिरका बन्दाताल, महाकाली, चौधर, स्याली, सनबोरा, दोदा नदीलगायत क्षेत्रमा पनि अप्रवासी चरा देखिने गरेका छन्। असोजको पहिलो हप्तादेखि बसाइँ सरेर चरा आउने क्रम पुसको दोस्रो हप्तासम्म जारी रहने गर्दछ। गर्मी बढ्न थालेपछि चैतदेखि पाहुना चरा पुरानै ठाउँमा फर्कने गर्दछन्।

चराविज्ञ डगौराका अनुसार प्रतिवर्ष नेपालमा एक सय ५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन्। तीमध्ये आधा हाँस प्रजातिका चरा रहने गरेका छन्। कञ्चनपुर र कैलालीका ताल, नदी र सिमसार क्षेत्रमा ३० भन्दा बढी प्रजातिका पक्षी बसाइँ सरेर आउने गरेको छ। उनका अनुसार मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैलेटाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राइ, मोटोठाँडे, ट्याकट्याकेलगायत पक्षी पनि बसाइँ सरेर आउने गरेको यहाँ देखिन्छ।
 
‘निञ्कुज क्षेत्रभित्रका तालक्षेत्र चराका लागि सुरक्षित भए पनि निकुञ्ज बाहिर रहेका ताल माछापालनका लागि ठेक्कामा दिने चलन बढ्दै गएकाले हिउँदे बसाइँका लागि आउने चरालाई आहारको कमी हुन थालेको छ’, उनले भने, ‘प्राकृतिक तालमा माछापालन गर्न थालेपछि चरालाई पटाका पड्काएर भगाउने, विषादी प्रयोग तथा  गुलेली हानेर मार्ने कार्य हुन थालेको छ। मानव अतिक्रमणका कारण ताल सुक्न थालेपछि चरा जोगाउनका लागि निकै चुनौती थपिएको छ।’

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी मंगलबार, पुस २९, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्