• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाबुरामलाई माधव नेपालको प्रतिवाद- राष्ट्रपतीय प्रणाली समस्याको समाधान होइन

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०८०  १६:२६
1140x725

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतीय प्रणाली समस्याको समाधान नभएको बताएका छन्।

नेपाली कांग्रेसद्वारा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा एक जना वक्ता पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले स्थिरता र सुशासनका लागि एउटा विकल्पको रुपमा राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने प्रस्ताव राखेपछि अध्यक्ष नेपालले प्रतिवाद गरेका हुन्।

‘बाबुरामजी यहाँ हुनुहुन्न, उहाँसँग म बहस गर्न तयार छु। राष्ट्रपति प्रणाली या प्रत्यक्ष निर्वाचित प्रणाली कुनै समस्याको समाधान होइन। संसारका धेरै देशमा मैले देखेको छु। राष्ट्रपतिको तानाशाहीले त्यो देशका जनतालाई वाक्कदिक्क बनाएको छ’, नेपालले भने।

उनले संसदीय प्रणालीको विकल्प समुन्नत संसदीय प्रणाली हुनसक्ने बताए। तर राष्ट्रपतीय प्रणाली वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली भने हुन नसक्ने उनको भनाइ थियो। उनले धेरै देशसँगको अन्तर्क्रियापछिको आफू सो निष्कर्षमा पुगेको बताए।

‘यसबारेमा कुनै किसिमको भ्रम र दुविधा राखेर, राजनीतिक अस्थिरताले समस्या खडा गरेको होइन। समस्या भ्रष्टाचारले खडा गरेको छ। यसलाई अन्त्य गर्न सक्दैनौं भने कुनै सिस्टमले पनि काम गर्दैन’, उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

अध्यक्ष नेपालले देशलाई साँच्चै अगाडि बढाउने हो भने बोली र व्यवहार एउटै हुनुपर्ने बताए। ‘हामी साँच्चै इमानदारीका साथ लाग्ने हो भने देश बनाउन सक्छौं। यो अरु कुनै सिस्टममा गएर हुनेवाला छैन’, उनले भने।

नेपालभन्दा अगाडि बोलेका भट्टराईले भने अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटि देखिएको बताएका थिए। उनले सुशासन र समृद्धि ल्याउनका लागि समस्याको समग्रतामै हल खोज्नुपर्ने प्रस्ताव गरे।

भट्टराईले पहिलो उदाहरण जर्मनीको दिए। भने, ‘जर्मनीमा एन्जेला मार्केलले सोसल डेमोक्र्याट र क्रिस्चियन डेमोक्र्याट जस्ता अपोजित पार्टीहरू मिलेर मिलेर १०/१५ वर्ष मजाले चलाए। ठूलो संकट पार गरे।’

उनले जर्मनीमा जस्तै गरी यहाँ पनि सबै प्रमुख दलहरूको संयुक्त सरकार बनाउन सकिने उनको प्रस्ताव थियो। ‘पाँचै वर्ष सरकार चल्ने बनाऔं। किन भागबण्डा गर्नुपरेको छ? एउटा मान्ने मान्छेको नेतृत्वमा पाँचै वर्ष सरकार चलाऔं न। नीति कार्यक्रम बनाऔं। त्यसलाई कार्यान्वयन गरौं’, उनले भने।

भट्टराईले दोस्रो उदाहरण दिए स्विजरल्याण्डको। भने, ‘स्वीजरल्याण्डको जस्तो पूर्ण समानुपातिक गरौं। सबै सरकारमा बसौं। जसले जति प्रतिशत मत ल्याउँछ, ती सबै सरकारमा बस्ने।’

जर्मनी र स्विजरल्याण्डको जस्तो गर्न नसक्ने हो भने प्रत्यक्ष निर्वाचन राष्ट्रपतिको प्रणालीमा जान उनको प्रस्ताव थियो। ‘त्यसो भयो भने पाँच वर्ष स्थायी सरकार बन्छ। त्यसो नगरेर यही प्रणाली अपनाइ राख्ने हो भने बन्दैन बन्दैन। अनि युवाहरू देश छोडेर हिँड्ने। तपाईं हाम्रै छोराछोरी देशमा नबस्ने। अनि हामीले लोकतन्त्रको डम्फु बजाएर हुन्छ?’

भट्टराईले ६/६ महिनामा र वर्षवर्ष दिनमा सरकार फेरेर सुशासन नआउने बताए। ‘१०/१५ वटा पार्टीको सरकार बनाउँछौं। सबैलाई मन्त्री चाहिन्छ। आफ्नै पार्टीभित्र पनि मन्त्री बनाउन ६/६ महिना, ३/३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन गर्छौं। अनि कहाँबाट सुशासन हुन्छ?’, उनको प्रश्न थियो।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्,: गृहमन्त्री सुधनलाई पाँचौ वरीयता, महावीर आठौँमा
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीले लिए पद तथा गोपनियताको सपथ
मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार
सम्बन्धित सामग्री
बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्,: गृहमन्त्री सुधनलाई पाँचौ वरीयता, महावीर आठौँमा राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको कार्यविभाजनअनुसार गृहमन्त्री नियुक्त भएका सुधन गुरुङ मन्त्रिपरिषद्को पाँचौँ वरियतामा रहेका छन्... मंगलबार, जेठ २६, २०८३
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीले लिए पद तथा गोपनियताको सपथ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार आयोजित समारोहमा सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्... मंगलबार, जेठ २६, २०८३
मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार बैठकमा सबै मन्त्रीका अगाडि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादन वितरण गरिएको हो। मंगलबार, जेठ २६, २०८३
ताजा समाचारसबै
बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्,: गृहमन्त्री सुधनलाई पाँचौ वरीयता, महावीर आठौँमा मंगलबार, जेठ २६, २०८३
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीले लिए पद तथा गोपनियताको सपथ मंगलबार, जेठ २६, २०८३
मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार मंगलबार, जेठ २६, २०८३
संसदबारे नयाँ रणनीति बनाउन छलफलमा विपक्षी दल, को-को छन् सहभागी ? मंगलबार, जेठ २६, २०८३
‘पार्टीको प्राथमिकता जनता जोड्ने हुनुपर्छ, नेता मिलाउने होइन’ : गगन थापा मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्