काठमाडौं- राजा हुँदा राष्ट्रियता बलियो हुन्छ भनेर तर्क गर्ने राजावादीहरूलाई ओलीले प्रतिप्रश्न गरेका छन्।
मेलमिलाप दिवस सोमबार कांग्रेसद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘राजासहितको स्वतन्त्र देश थियो सिक्किम। राजा त थिए त त्यहाँ। राजा हुँदा देश बच्दोरहेछ? जनताले हो कि राजाले देश बचाउने?’
उनले भारतमा कुनै बेला लगभग ५६५ रजौटाहरू, राजाहरू भएको र राजाले बचाउने भए यतिबेला पनि ५६५ रजौटा, राजाहरू कायम हुनुपर्ने थियो भन्ने तर्क गरे। ‘ती राज्य अहिले पनि हुन्थे होलान् नि त, राजा हुँदा कायम हुने भए’, उनले भने।
जन्मिँदै शासक हुने सिद्धान्त पाखण्डी सिद्धान्त र अन्धविश्वासको पराकाष्ठा भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।