• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालकुमारी घटना: गृहमन्त्रीले लगाए यातायातमन्त्रीलाई दोष! 

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०८०  ११:२८
1140x725

काठमाडौं– सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी शुक्रबार भएको घटनाको ‘दोष’ आफ्नै सहकर्मी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई लगाएका छन्। युवाहरुले विरोध प्रदर्शन गरिरहेको ठाउँमा मन्त्री ज्वाला नपुगेको भए परिस्थिति असमान्य नबन्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ। 

संघीय संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यातायातमन्त्री ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताए। 

गृहमन्त्री श्रेष्ठले ईपीएस कोरिया शाखा कार्यालयका प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे। आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको श्रेष्ठले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट देखिएको गृहमन्त्री श्रेष्ठले बताए। फायरिङपछि मात्रै गाडी जलेको देखिएको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे। 

घटनाका सन्दर्भमा गृहमन्त्री श्रेष्ठको भनाइ:
त्यहाँ आवेदन हामीले पनि पाउनुपर्छ भनेर प्रदर्शन गर्ने, माग राख्नेहरु भइसकेपछि स्थिति के छ भनेर हाम्रो गृह मन्त्रालयको शान्ति सुरक्षा शाखाको प्रमुखले ईपीएस कार्यालयको कार्यालय प्रमुखलाई त्यो दिन प्रारम्भ बिहानमा बोलाएर स्थितिको बारेमा के छ बताउनुस् भनेर भनेको थियो। कसरी हल गर्ने सोच्नुभएको छ भन्दा केही छैन, ३ बजेसम्म बस्छन्, जान्छन् भनेर हल्का जवाफ दिनुभएको रिपोर्ट छ। हामीले बिहान नै बोलाएका थियौँ। त्यो पनि हामीलाई जवाफ उपयुक्त लागेको छैन। त्यसपछि मन्त्रीज्यूको गाडी त्यहीँ बालकुमारी नजिकै पार्टीको बैठक रहेछ, त्यो बैठकबाट मन्त्रालय जान्छु भनेर निस्किनुभएछ, त्यही बाटोबाट आउनुभएछ। प्रारम्भिक निष्कर्ष के हो भने त्यो बाटोबाट त्यस्तो बेलामा मन्त्रीज्यू किन आउनुभयो होला? हाम्रो सुरक्षाकर्मीहरु आर्मीको बडिगार्ड, पीएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोबाट किन आउनुभयो होला? किनभने सामान्यतया पिएसओले बाटो चेक गर्छ, रुट क्लियर छ कि छैन भनेर। तर उहाँ आर्मीको सेक्युरिटी गार्ड र नेपाल प्रहरीको पीएसओसहित त्यो बाटो जानुभयो, त्यसकारणले हाम्रो भनाइ उहाँहरुले किन रोक्नुभएन होला, सूचना किन दिनुभएन होला? त्यसले घटनालाई अर्को मोडतिर लैजान क्याटलिस्ट (उत्प्रेरक)को भूमिका खेलेको छ। त्यो भन्दाअघि अलिअलि लाठी चार्ज गरेको छ। मन्त्री ज्यूको गाडी आइसकेपछि मन्त्रीज्यू बाहिर निस्किएर सवालजवाफतिर पनि लाग्नुभएछ। त्यसपछि त्यो भएन भनेपछि धकेलाधेल भएको भिडियोमा देखिन्छ। त्यसपछि मन्त्री ज्यूलाई नेपाल आर्मीको बडिगार्डले लिएर जानुभयो र बैठक भएको ठाउँमा पुग्नुभयो। मन्त्रीको गाडी घेराबन्दीमा परेको भनेपछि फिल्डको कमाण्डरहरु त्यो दिशातिर जान खोजे, त्यही क्रममा गोली प्रहार भएको देखिन्छ। एक जनाको गोलीद्वारा घटनास्थलमा लडेपछि पाटन लगेको देखिन्छ र अर्को त्यहीँ निलडाम देखिन्छ, ग्यास वा अरु हतियारले लागेको के हो छानबिन समितिले निष्कर्ष निकाल्नेछ, फायरिङपछि मात्रै गाडी जलेको देखिन्छ।

वैदेशिक रोजगारीअन्तर्गत कोरिया जान पानीजहाज क्षेत्रका लागि आवेदन भरेका युवाहरुले कोरियामै उत्पादन क्षेत्रमा पनि काम गर्नका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)को फाराम भर्न पाउनुपर्ने मागसहित शुक्रबार बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए। बालकुमारी–ग्वार्कोमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिएका युवाहरुले कोटेश्वर–कलंकी सडक खण्डअन्तर्गत बालकुमारी क्षेत्रमा सडक जाम गरी प्रदर्शन गरेका थिए। 

युवाहरुले प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका थिए। स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठी र अश्रु ग्याससँगै गोली समेत प्रहार गरेको थियो। 

प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दा २ जना युवक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो। 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी : १५ हेलिकप्टरबाट उद्धार जारी, सेनाले ९७ जनालाई सुरक्षित निकाल्यो
रसुवा बाढी: अहिलेसम्म ५५ जनाको शव फेला
रसुवागढी नाकाबाट २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, त्यसकै कारण भोटेकोशीमा बाढी आएको प्रारम्भिक निष्कर्ष
सम्बन्धित सामग्री
कांग्रेसको रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन बुधबार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले बाढीका कारण भएको जनधनको... बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलाएको आकस्मिक बैठकमा के–के भए निर्णयहरु? कांग्रेस सभापति गगन थापाले बाढीबाट देशमा ठूलो धनजनको क्षति भएको परिस्थितमा भोलिका लागि तय भएको महिला उद्यमशीलता सम्मेलन स्थगित गरिएक... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्री बालेन्द्रलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता मोदीले प्रधानमन्त्री शाहसँगको कुराकानीमा बाढीबाट ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाली जनताको... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
रसुवा बाढी : १५ हेलिकप्टरबाट उद्धार जारी, सेनाले ९७ जनालाई सुरक्षित निकाल्यो बुधबार, भदौ १०, २०८३
रसुवा बाढी: अहिलेसम्म ५५ जनाको शव फेला बुधबार, भदौ १०, २०८३
रसुवागढी नाकाबाट २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, त्यसकै कारण भोटेकोशीमा बाढी आएको प्रारम्भिक निष्कर्ष बुधबार, भदौ १०, २०८३
नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता बुधबार, भदौ १०, २०८३
कांग्रेसको रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्