काठमाडौं– धोती दिवस मनाउने क्रममा माइतीघर मण्डलामा उत्रेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित केही प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिएको हो। माइतीघर निषेधित क्षेत्र घोषणा गरिएको भएकाले त्यहाँ प्रर्दशनमा उत्रिएकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बीपी साह लगायतलाई पक्राउ गरेको हो। अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ। उक्त क्षेत्रमा प्रदर्शन गर्न उत्रिएका कारण प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।