• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माइलस्टोनमा जम्मा ३८ प्रतिशत ल्याएर स्वास्थ्य मन्त्रालय 'फेल' [माइलस्टोनको पूर्ण विवरण]

स्वास्थ्यमन्त्री काममाभन्दा आफ्नै प्रचारमा व्यस्त
रिता लम्साल आइतबार, पुस १५, २०८०  १८:५१
1140x725

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा लागि मन्त्रालयगत आधारमा माइलस्टोनहरुको विवरण तयार पारेको छ। उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि निर्धारण गरिएका माइलस्टोनहरुको प्रगतिमा स्वास्थ्य मन्त्रालयले उत्तीर्ण हुने नम्बर पनि ल्याउन सकेको छैन।

सामान्यतया परीक्षामा एक सय पूर्णाङ्कमा ४० नम्बरलाई उत्तीर्ण हुने नम्बरका रुपमा लिइन्छ। सोही प्रतिशतलाई टेकेर हेर्दा स्वास्थ्य मन्त्रालयले कात्तिक महिनासम्म पुरा गर्नुपर्ने लक्ष्य पुसको दोस्रो सातासम्म पनि पुरा गर्न सकेको छैन। निर्धारित समयभन्दा डेढ महिना बढी समय थप हुँदा पनि स्वास्थ्य मन्त्रालयले जम्मा ३८ प्रतिशत मात्र काम सम्पन्न गरेर असफल भएको छ।

'माइलस्टोनको हालसम्मको प्रगतिमा त हाम्रो (स्वास्थ्य) मन्त्रालय फेल पो भएछ,' मन्त्रालयका एक कर्मचारीले भने, 'मन्त्रीज्यू बिहान ८ देखि राती ११ बजेसम्म काम गरेको छु भनेर गफ लगाउनु हुन्छ। तर नतिजा चाँही असफल आएको छ। उहाँको व्यस्तता केमा रहेछ आफैं बुझ्नुहोस्।' ती कर्मचारीका अनुसार स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई माइलस्टोनमा रहेका विषय र नीतिगत सुधारका काममा भन्दा पनि प्रचारमा आउने झिनामसिना कुरामा चासो हुँदा मन्त्रालयले प्रगति हात पार्न नसकेको हो।

प्रधानमन्त्री कार्यालयबाट उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ।

स्वास्थ्य मन्त्रालयले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२२, १३३ देखि १४५ सम्म र बजेट वक्तव्यको बुँदा नम्बर ४७, ५०, ५२, २२४ देखि २५२ सम्म रहेका क्रियाकलाप अन्तर्गत १९३ वटा माइलस्टोनमध्ये १०४ वटा माइलस्टोनका कार्यक्रम कात्तिक मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर उक्त समय सकिएर पुसको दोस्रो सातासम्म आइपुग्दा पनि ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

'स्वास्थ्य अन्तर्गत कात्तिकभित्र सम्पन्न गर्नुपर्ने १०४ वटा माइलस्टोनहरुमा ५७ वटाको काम नै सुरु नभएको र ४७ वटा काम भइरहेको र सम्पन्न भएको विवरणमा देखिन्छ,' प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, 'यसमा स्वास्थ्य मन्त्रालय र माताहतका विभाग र प्रतिष्ठानले गर्नुपर्ने कामहरु छन्। तर सबैभन्दा धेरै मन्त्रालयबाट नै हुनुपर्ने काम सुरु भएको देखिँदैन। यो भनेको मन्त्रीले नै चासो नदिएको जस्तो देखियो।' उनका अनुसार मन्त्रालयबाट नै हुने भनिएको १९ वटा माइलस्टोनमा १३ वटाको काम नै सुरु भएको छैन। काम भएकामध्येमा पनि ४ वटा काम अझै सकिएको छैन।

मन्त्री बस्नेतले माइलस्टोनमा उल्लेख गरिएका विषयमध्ये मन्त्रिपरिषदमा पेस गर्नुपर्ने विषयहरुको काम समेत भएको छैन। आधारभूत स्वास्थ्य सेवा केन्द्रको संगठन संरचनाको नमूना मस्यौदा मन्त्रिपरिषदमा पेश गर्ने, आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिन आवश्यक पर्ने परिमार्जित कानून मन्त्रिपरिषदमा पेश गर्ने, सिंहदरबार वैद्यखानाको हालको अवस्थाको अध्ययन गरी सुधारको लागि पुनः संरचना मन्त्रिपरिषदमा पेश गर्ने, किटजन्य रोग अनुसन्धान तथा तालिम बिकास समिति खारेजको प्रस्ताव र स्वास्थ्य सेवा विभाग अन्तरगत रहने गरी संगठन तथा ब्यबस्थापन सर्वेक्षण तयार गरी स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गर्ने लगायतका काम कात्तिक महिनाभित्र नै सम्पन्न हुनु पर्नेमा हालसम्म पनि भएको छैन।

यस्तै, सेती, सुर्खेत र नारायणी अस्पतालमा मुटुको शल्यक्रिया र क्यान्सर रोग समेतको निदान हुनसक्ने सुपर स्पेशियालिटी सेवा विस्तार गर्ने, 'एक चिकित्सक/स्वास्थ्य कर्मी एक स्वास्थ्य संस्था कार्यक्रम संचालन कार्यविधि, २०७७" र "बिस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धि कार्यविधि २०७७' अनुसार वीर अस्पताल, कान्ती बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा संचालन गर्ने विषयमा पनि काम सुरु नै हुन सकेको छैन।

यसैगरी, स्वास्थ्य बीमा ऐन २०७४ संशोधन विधयेक मन्त्रिपरिषदमा पेश गर्ने, सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाका बीच दोहोरोपन नहुने गरी कार्यविधि स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गर्ने, किटजन्य रोग निदान, उपचार तथा नियन्त्रणका लागि औषधि तथा किटहरू खरिद, बाँझोपना व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने, अभियान तथा नियमित खोपमा एचपीभी खोप संचालनको लागि कार्यक्रम संचालन निर्देशिका तयार गर्ने लगायतका काम पनि सुरु नै भएको छैन।

मन्त्री बस्नेत आफूले गर्नुपर्ने र मन्त्रिपरिषदमा लैजानु पर्ने विषयसहित पास भएका नीति, रणनीति, योजना तथा कानुन कार्यान्वयनतर्फ भन्दा पनि तत्कालै हल्ला हुने विषयमा मात्र काम गर्न रुचाउन थालेपछि मन्त्रालय कर्मचारीहरु पनि आजित हुन थालेका छन्। उनीहरुनै अहिले मन्त्रीको ध्यान काममा भन्दा प्रचारमा रहेको भन्दै आलोचना गर्न थालेका छन्।

यो बीचमा भवन नभएका आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि सुचि तयार गर्ने काम, वर्दिवास, चन्द्रागिरि र वालिङ्ग नगरपालिकाको अशक्त, असहाय र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने, अशक्त, असहाय र ज्येष्ठ नागरिकको स्वास्थ्य स्किरिनिङ गरि प्राथमिक स्वास्थ्य सेवा प्रदान प्रारम्भ गर्ने, नागरिक आरोग्य अभियान संचालन जस्ता केही काम भएका छन्। 'माइलस्टोनमा रहेका काममा प्रथामिकता दिनुभन्दा पनि मन्त्री बस्नेतको ध्यान प्रचारमा बढी केन्द्रित हुँदा अधिकांश माइलस्टोनमा रातो देखिएको हो,' मन्त्रालयका एक कर्मचारीले भने।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन
बाढी प्रभावितको उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
कांग्रेसको रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन बुधबार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले बाढीका कारण भएको जनधनको... बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलाएको आकस्मिक बैठकमा के–के भए निर्णयहरु? कांग्रेस सभापति गगन थापाले बाढीबाट देशमा ठूलो धनजनको क्षति भएको परिस्थितमा भोलिका लागि तय भएको महिला उद्यमशीलता सम्मेलन स्थगित गरिएक... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
बाढी प्रभावितको उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने बुधबार, भदौ १०, २०८३
रसुवा बाढी प्रभावितका लागि राहत कोषमा सहयोग गर्न सरकारको अपिल बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्