काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका छन्। उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो? भन्दै प्रश्न गरे।
उनले अहिले समाजमा असामाजिक गतिविधिहरु बढिरहेको बताए। उनले भने, ‘अहिले समाजमा के भइरहेको छ? हिजोमात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ। के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो? प्रश्न यो हो। यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ। कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।