काठमाडौं– जनता समाजवादी पार्टी जसपाले बालकुमारी घटनाका दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै जसपाले शुक्रबार दुई जनाको ज्यान जानेगरी भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको हो।
रोजगार अनुमति प्रणाली परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनका क्रममा एक जनाको गोली लागेर र अर्का एक जनाको कुटपिटबाट मृत्यु भएको थियो।
उक्त घटनाले स्तब्ध बनाएको भन्दै जसपाले मुलुकमा विद्यमान गरिबी र बेजरोजगारीको समस्याले नेपालहरु विदेशिनुपर्ने बाध्यता र मुलुकभित्रै रोजगारी सृजना गर्न नसक्नु राज्यको कमजोरी भएको बताएको छ।
यस्तै उक्त घटनाका पीडितहरुलाई क्षतिपूर्ति मिलाउन र घाइतेहरुको उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।