काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालकुमारी घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारका अन्य सदस्यलाई रोजगारी र राहत दिन माग गरेका छन्।
'कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ', ओलीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् भन्ने चेतावनी पनि दिएका छन्।
रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा दुई युवाले ज्यान गुमाएका थिए।
ज्यान गुमाएका युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने तयारी गरिएको छ। त्यसका लागि शनिबार मन्त्रिपरिषद्को बैठक बस्दैछ।
घटनाबारे छानबिन गर्नका लागि सरकारले शुक्रबार नै छानबिन समिति समेत बनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।