आजपा अध्यक्ष प्रुभ साह
काठमाडौं– आमजनता पार्टीले शुक्रबार बालकुमारीमा २ युवाको ज्यान जाने गरि भएको घटनालाई लिएर प्रतिक्रिया व्यक्त गरेको छ।
आजपाले अन्यायमा परेका बेरोजगार युवाहरूलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले गोलीको सिकार बनाउनु खेदजनक भएको बताएको छ।
‘यस दुःखद घटनाको जति भर्त्सना गरे कमै हुन्छ’, शनिबार अध्यक्ष प्रभु साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीको गाडीमा आगलागी गरे बापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरूको मति भ्रष्ट भएको पुष्टि गर्दछ।’
आजपाले पीडित परिवारलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।